घुस रकमसहित शुद्धोधन-७ का वडाध्यक्ष पक्राउ
अख्तियोरको सम्पर्क कार्यालय बुटवलको टोलीले वडाध्यक्ष भीमबहादुर यादव र प्रमुख प्रशासकीय अधिकृत अनन्तमणि मरासिनीलाई घुस रकमसहित पक्राउ गरेको हो। बिचौलिया भनिएका विनोद भरसमेत पक्राउ परेका छन्।
बुटवल, चैत १६ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रूपन्देहीको शुद्धोधन गाउँपालिका–७ का वडाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतसहित तीनजना ५० हजार घुस रकमसहित पक्राउ गरेको छ।
अख्तियोरको सम्पर्क कार्यालय बुटवलको टोलीले वडाध्यक्ष भीमबहादुर यादव र प्रमुख प्रशासकीय अधिकृत अनन्तमणि मरासिनीलाई घुस रकमसहित पक्राउ गरेको हो। बिचौलिया भनिएका विनोद भरसमेत पक्राउ परेका छन्।
गिट्टी बालुवा उत्खनन सम्बन्धमा घुस माग गरेको भनी उनीहरुविरूद्ध उजुरी परेको थियो। सोही आधारमा अख्तियोरको टोलीले गाउँपालिकाको खाजाघरबाट बिहान साढे ११ बजेउनीहरुलार्इ पक्राउ गरेको हो।
प्रकाशित मिति: १३:४३ बजे, बिहीबार, चैत १६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












-(86)-1764936079.jpg)