Kathmandu Press

नेपाल–भारत सीमा समन्वय बैठक

बैठकमा सीमामा शान्तिसुरक्षा, एकीकृत जाँचचौकी (आइसिपी) निर्माण, दशगजा क्षेत्रमा रहेका सीमा स्तम्भको नियमित मर्मत, मानव बेचबिखन, लागुऔषध तथा अन्य वस्तुको तस्करी नियन्त्रण लगायतका विषयमा छलफल भएको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले बताए।
नेपाल–भारत सीमा समन्वय बैठक

पाटन, चैत १५ : नेपाल–भारत सीमा समन्वय बैठक भारतको नौतनवामा रहेको ६६औँ गण एसएसबी क्याम्प कार्यालय महाराजगञ्जमा मङ्गलबार सम्पन्न भएको छ।

बैठकमा सीमामा शान्तिसुरक्षा, एकीकृत जाँचचौकी (आइसिपी) निर्माण, दशगजा क्षेत्रमा रहेका सीमा स्तम्भको नियमित मर्मत, मानव बेचबिखन, लागुऔषध तथा अन्य वस्तुको तस्करी नियन्त्रण लगायतका विषयमा छलफल भएको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले बताए।

Hardik ivf

उनले दुई देशबीच व्यापारको दृष्टिकोणले महत्वपूर्ण रहेको आइसिपी निर्माणमा देखिएको अस्पष्टता विषयमा बैठक केन्द्रित रहेको बताउए। बेलहियामा निर्माणको क्रममा रहेको आइसिपीको ठेक्का प्रक्रिया सकिएको र केही दिनमै शिलान्यासको तयारी रहेको छ। 

यसका साथै बैठकमा भारतमा हुने आगामी नगरपालिकाका निकायको निर्वाचनमा नेपालको सहयोग विषयमा पनि छलफल भएको भारत महाराजगञ्जका प्रमुख जिल्ला अधिकारी सत्येन्द्र कुमारले जानकारी दिए।

नगरपालिकाको निर्वाचनलाई मध्यनजर गर्दै सीमामा थप सतर्कता अपनाउन नेपाली पक्षसँग आग्रह गरेको र नेपाल प्रशासनले पूर्ण सहयोग गर्ने आश्वासन दिएको उनले बताए। 

प्रकाशित मिति: १६:३८ बजे, बुधबार, चैत १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्