Kathmandu Press

प्लास्टिकजन्य सामग्री लिएर पशुपतिनाथ मन्दिर नआउन कोषको आग्रह 

“प्लास्टिकजन्य सामग्रीका कारण पवित्र पाशुपत क्षेत्र बढी फोहोरयुक्त देखिएकाले प्लास्टिकजन्य सामग्री यस क्षेत्रमा नल्याइदिन हाम्रो आग्रह छ,” कोषले आज सार्वजनिक सूचना जारी गर्दै भनेको छ, “स्वच्छ पशुपति सफा पशुपति’ अभियान सफल बनाउन हामी सबै जुटौं ।” 
प्लास्टिकजन्य सामग्री लिएर पशुपतिनाथ मन्दिर नआउन कोषको आग्रह 
Hardik ivf

काठमाडौं, चैत १५ : पशुपति क्षेत्र विकास कोषले प्लास्टिकजन्य सामग्री लिएर पशुपति क्षेत्रमा नआउन आग्रह गरेको छ । पाशुपत क्षेत्र फोहोरयुक्त देखिएकाले प्लास्टिकजन्य सामग्री लिएर नआउन कोषले आग्रह गरेको हो । 

“प्लास्टिकजन्य सामग्रीका कारण पवित्र पाशुपत क्षेत्र बढी फोहोरयुक्त देखिएकाले प्लास्टिकजन्य सामग्री यस क्षेत्रमा नल्याइदिन हाम्रो आग्रह छ,” कोषले आज सार्वजनिक सूचना जारी गर्दै भनेको छ, “स्वच्छ पशुपति सफा पशुपति’ अभियान सफल बनाउन हामी सबै जुटौं ।” 

‘स्वच्छ पशुपति सफा पशुपति’ भन्ने नाराका साथ कोषले पशुपति क्षेत्रको समग्र परिषसर सरसफाइका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको अगुवाइमा पशुपति क्षेत्रको सरसफाइ सुरु गरिसकेको छ । 

प्रकाशित मिति: ०८:२२ बजे, बुधबार, चैत १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्