झुटाे मुद्दा खारेजी माग गर्दै सुकुम्बासीकाे प्रदर्शन
भूमि अभियान्तालाई निसर्त रिहाई गर्नुपर्ने र झुठो मुद्धा खारेज गर्नुपर्ने भन्दै संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चाको नेतृत्वमा काठमाडौंको माइतिघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरिएको हो।
काठमाडाैं, चैत १४ : भूमि अभियान्तामाथि लगाइएको झुटाे मुद्दा खारेज गर्नुपर्ने माग राख्दै सुकुम्वासीहरुले मंगलबार पनि काठमाडौंमा विरोध प्रदर्शन गरेका छन्।
भूमि अभियान्तालाई निसर्त रिहाई गर्नुपर्ने र झुठो मुद्धा खारेज गर्नुपर्ने भन्दै संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चाको नेतृत्वमा काठमाडौंको माइतिघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरिएको हो।
प्रदर्शनमा सहभागीहरुले बसोबासको अधिकार सुनिश्चित गर, भूस्वामित्वको ग्यारेन्टी गर, भूमि अभियान्ताहरुलाई रिहाई गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए।
उनीहरुले आफुहरुलाई अहिले बसोबास गरिरहेको स्थानबाट हटाउन लागिएको भन्दै काठमाडौं महानगरबिरुद्ध नाराबाजी गरेका थिए।

प्रकाशित मिति: १४:१६ बजे, मंगलबार, चैत १४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार