Kathmandu Press

टंगालमा रोकिएपछि माइतीघरमा आई मिटरब्याज पीडितकाे प्रदर्शन

प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिन जाने क्रममा टंगालमा रोकिएपछि उनीहरुले त्यहाबाट फर्केर माइतीघरमा धर्ना दिएका हुन्।
टंगालमा रोकिएपछि माइतीघरमा आई मिटरब्याज पीडितकाे प्रदर्शन

काठमाडाैं, चैत १४ : बर्दिबासदेखि हेटौंडा हुँदै काठमाडौंसम्म पैदलै आएका मिटरब्याज पीडितहरुले मंगलबार काठमाडौंको माइतिघरमा धर्ना दिएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिन जाने क्रममा टंगालमा रोकिएपछि उनीहरुले त्यहाबाट फर्केर माइतीघरमा धर्ना दिएका हुन्।

Hardik ivf

प्रदर्शनमा सहभागीहरुले मिटर ब्याजविरुद्ध कानुन निर्माण गर, झुटा मुद्धामा गिरफ्तार गरिएका पिडितलाई रिहा गर, मिटर व्याज विरुद्ध कानून निर्माण गर, सहुलियत दरमा ऋणको व्यवस्था गर, पिडितलाई न्याय दे लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए।

मिटरब्याज पीडितहरु माइतीघरमा धर्नामा बस्न सुरु गरेपछि बिभिन्न संघ संस्था तथा दलका नेताहरु ऐकवद्धता जनाउन पुगेका छन्।

सो क्रममा मिटर ब्याज पीडितहरुको आन्दोलनमा ऐक्यबद्धता जनाउन माइतीघरमा पुगेका राप्रपा सांसद ज्ञानेन्द्र शाहीविरुद्ध नाराबाजी भएको थियो।

शाहीले आफुहरु वास्तविक पिडितको पक्षमा भएको भन्दै यसलाई राजनीतीकरण नगर्न आग्रह गरेका थिए।

meterbyaji pidit11111679992004.jpg

प्रकाशित मिति: १४:१२ बजे, मंगलबार, चैत १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्