Kathmandu Press

जनतासँग गरिएका संकल्प बिर्सन हुँदैनः सभापति शर्मा

अब पाँच वर्षपछि निर्वाचनमा जाँदा जनताले प्रत्यक्ष मनन गर्ने गरी काम गरेमा मात्र जनताको आशा र भरोसाले सार्थकता पाउने उनले बताए।
जनतासँग गरिएका संकल्प बिर्सन हुँदैनः सभापति शर्मा

कास्की, चैत १४ : नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले निर्वाचनका क्रममा जनतासँग गरिएका संकल्प बिर्सन नहुने बताएका छन् ।

कांगेस गण्डकी प्रदेश कार्यसम्पादन समितिको बैठकमा उनले प्रदेश तथा संघको निर्वाचनमा आम जनताको विश्वासका कारण पहिलो दल बनेको जनाउँदै जनताबीच गरिएका प्रतिबद्धतालाई बिर्सन नहुने बताए।

Hardik ivf

‘हामीले जनतासँग एउटा संकल्प गरेका छौँ, जुन विश्वासलाई अब काममा देखाउने अवस्था आएको छ। हिजोको कामलाई अध्ययनमा राखेर कसैलाई भेदभाव नगरी नकरात्मक टिप्पणी नउठ्ने गरी सावधान रहेर सत्तामा रहेका र पार्टीमा रहेका सम्पूर्णले सकरात्मक काम गर्नुपर्छ’, उनले भने।

अब पाँच वर्षपछि निर्वाचनमा जाँदा जनताले प्रत्यक्ष मनन गर्ने गरी काम गरेमा मात्र जनताको आशा र भरोसाले सार्थकता पाउने उनले बताए।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले नेपाली कांग्रेसको नेतृत्वमा गण्डकी प्रदेश सरकार बन्ने वातावरण बनेको बताए। कांग्रेसको नेतृत्वमा सरकार बने पनि मन्त्रालयको सङ्ख्या नबढ्ने बताउँदै उनले जनताबाट जश पाउने गरी काम गर्ने विश्वास व्यक्त गरे।

प्रकाशित मिति: ११:१७ बजे, मंगलबार, चैत १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्