नवलपरासीमा एकै ठाउँमा भेटियो ९ वटा बम, सेनाद्वारा निष्क्रिय
सोमबार बेवारिसे अवस्थामा भेटिएको बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय बनाएको छ।
नवलपुरासी, चैत १३ : पूर्वी नवलपरासीको विनयीत्रिवेणि गाउँपालिका–५ को भेडी गाउँमा एकै ठाउँमा ९ वटा बम भेटिएका छन्।
सोमबार बेवारिसे अवस्थामा भेटिएको बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय बनाएको छ।
जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रहरी प्रमुख भुवनेश्वर तिवारीले कावासोती–१ मा रहेको नेपाली सेनाको २ नं वन तथा पर्यावरण सुरक्षा गण हात्तीखोरको टोली बम फेला परेको स्थानमा पुगेर सबै बमलाई निष्क्रिय पारेको जानकारी दिए।
प्रहरी प्रमुख तिवारीका अनुसार नेपाली सेनाको बम डिस्पोजल टोलीले आइतबार फेला परेका ८१ एमएम मोटरको बम (गोला)लाई निष्क्रिय पारेको हो ।
बारीमा बम देखिएपछि स्थानीय जनप्रतिनिधिले प्रहरीलाई खबर गरेका थिए । स्थानीय बासिन्दा रुकेश सरामुका अनुसार बालबालिकाले जंगल नजिकै रहेको बारीमा ती बमका गोला देखेका थिए।
जंगलमा चौपाया चराउन गएका किसानहरूले बारीमा बम देखेपछि खोतल्दै जाँदा एकै ठाउँमा नौवटा बम देखिएको थियो।












