Kathmandu Press

झुटाे मुद्दा खारेज गर्नुपर्ने माग राख्दै सुकुम्बासीद्वारा विरोध प्रदर्शन

संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाले सोमबार काठमाडौंको माइतीघरमा भूमि अभियान्ता पक्राउको विरुद्ध र निसर्त रिहाईका लागि भन्दै विरोध प्रदर्शन गरेका हुन्।
झुटाे मुद्दा खारेज गर्नुपर्ने माग राख्दै सुकुम्बासीद्वारा विरोध प्रदर्शन

काठमाडौं, चैत १३ : भूमि अभियान्तामाथि लगाइएको झुटाे मुद्दा खारेज गर्नुपर्ने माग राख्दै सुकुम्बासीहरुले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन्।

संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाले सोमबार काठमाडौंको माइतीघरमा भूमि अभियान्ता पक्राउको विरुद्ध र निसर्त रिहाईका लागि भन्दै विरोध प्रदर्शन गरेका हुन्।

उनीहरुले नदि किनार लगाएतका स्थानमा रहेका सुकुम्वासीहरुलाई हटाउन खोजिएको भन्दै काठमाडौं महानगरबिरुद्ध चर्का नारावाजी गरेका थिए।

आफुहरुलाई भूस्वामित्व नभएसम्म आन्दोलन जारी रहने उनीहरुले चेतावनी दिएका छन्।
 
प्रकाशित मिति: १५:३८ बजे, सोमबार, चैत १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्