Kathmandu Press

पत्रकार दोङको अन्त्येष्टि

जनता प्रसारण तथा प्रकाशन लिमिटेडका समूह सम्पादक तथा रेडियो जनताका स्टेसन म्यानेजर ४४ वर्षीय दोङको शनिबार उपचारका क्रममा निधन भएको थियो।
पत्रकार दोङको अन्त्येष्टि

काठमाडाैं, चैत १३ : क्रियाशील पत्रकार दीपेन्द्र दोङको आज स्वयम्भू भगवानपाउनजिक तामाङ संस्कार र परम्पराअनुसार अन्त्येष्टि गरिएको छ। 

जनता प्रसारण तथा प्रकाशन लिमिटेडका समूह सम्पादक तथा रेडियो जनताका स्टेसन म्यानेजर ४४ वर्षीय दोङको शनिबार उपचारका क्रममा निधन भएको थियो।

करिब दुई साताअघि उनलाई मस्तिष्कघात भएपछि उपचारका लागि मेडिसिटी अस्पताल भर्ना गरिएको थियो।

दोङ नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा) एशियाका महासचिव थिए। तामाङ भाषाका कतिपय चलचित्रका परिकल्पनाकार र लेखक उनका श्रीमती, एक छोरा र एक छोरी छन्।

प्रकाशित मिति: १५:०४ बजे, सोमबार, चैत १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्