Kathmandu Press

आरक्ष सहकारीबाट बचतकर्ताले पाएनन् बचत फिर्ता

सहकारीले करिब पाँच वर्षअघि बौद्धमा सदस्य सेवा केन्द्र स्थापना गरेको थियो। सहकारीको मुख्य कार्यालय भने काठमाडौँ महानगरपालिका-१५ सीतापाइलामा छ।
आरक्ष सहकारीबाट बचतकर्ताले पाएनन् बचत फिर्ता

काठमाडौं, चैत १३ : गोकर्णेश्वर नगरपालिका–८ बेँसीगाउँमा कपडा पसल सञ्चालन गर्दै आएकी निरेशोकुमारी रानाले आरक्ष बचत तथा ऋण सहकारी संस्थामा बचत गरेको रु ५० हजार फिर्ता पाउन नसकेको ६ महिना पूरा भयो। 

रानाले चार वर्षअघिदेखि यो सहकारीमा बचत गर्न थालेका थिए। जम्मा गरेको बचतले पसलमा सामान थप्ने सोचले बचत गर्नुभएकी रानालाई अहिले त्यही पैसा पाए पनि व्यवसाय प्रवर्धनमा सहयोग पुग्ने थियो। तर आफैँले बचत गरेको थोरै रकम पनि उनले समयमा पाउन सकेका छैनन्। 

Hardik ivf

आरक्ष सहकारीबाट बचत फिर्ता नपाउनेमा राना मात्र होइन बौद्ध, जोरपाटी क्षेत्रकै दर्जन पीडित छन्। बौद्धका राम श्रेष्ठले पनि आरक्ष सहकारीबाट रु आठ लाख बचत फिर्ता पाउनुपर्ने तर अझै पाउन सक्नुभएको छैन। 

जोरपाटी क्षेत्रका अमृता श्रेष्ठ र बिना श्रेष्ठले पनि सहकारीबाट रु. एक लाख हाराहारीमा रकम फिर्ता पाउन सकेका छैनन्। सहकारीले करिब पाँच वर्षअघि बौद्धमा सदस्य सेवा केन्द्र स्थापना गरेको थियो। सहकारीको मुख्य कार्यालय भने काठमाडौँ महानगरपालिका-१५ सीतापाइलामा छ।

बचतकर्ताको पैसा फिर्ता गर्न नसकेपछि गत भदौदेखि नै कार्यालय बन्द रहेको बचतकर्ताको गुनासो छ। सहकारीको कार्यालयमा राखिएको फोनमा फोन उठदैन। कार्यालयमा तालाबन्दी भएको छ। सयौँ पीडितको दिनचर्या सधैँ सहकारी धाउने हुन थालेको छ। बचत फिर्ता पाउँ भनी पीडितले महानगरपालिकाको सहकारी विभागमा उजुरी दर्ता गराएका छन्।

उजुरी दर्ता गराए पनि पैसा कहिले पाइन्छ भन्ने पीडितलाई पत्तो छैन। महानगरपालिका कार्य क्षेत्र भएका धेरै सहकारीले बचत फिर्ता गर्न नसकेको समाचार सार्वजनिक भएपछि स्थानीयस्तरमा सहकारी समिति पनि गठन गरिएको छ।

महानगरपालिका–९ का अध्यक्ष रामजी भण्डारीले समिति संयोजकका रुपमा काम गरेका छन्। महानगर क्षेत्रका सहकारीको गतिविधि र अवस्था अध्ययन गरी सहकारी व्यवस्थापनका लागि कानुनी व्यवस्था गर्न लागिएको वडाध्यक्ष भण्डारीले राससलाई जानकारी दिP। 

महानगर क्षेत्रका सहकारीमा बचत गरेका बचतकर्ताको पैसा फिर्ता गर्ने गरी समितिले स्थानीय सरकारका तर्फबाट कानुनी व्यवस्था गर्न लागेको उनले सुनाए। महानगरपालिकाले महानगर क्षेत्रका सहकारीमा बचत गरेको प्रमाणसहितको प्रतिलिपि बुझाएर सहयोग गर्न पनि बचतकर्तालाई आह्वान गरेको छ।

प्रकाशित मिति: १४:५१ बजे, सोमबार, चैत १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्