Kathmandu Press

राप्रपाद्वारा पार्टी पदाधिकारी बैठक आह्वान

बैठकमा आगामी वैशाख १० गते तनहुँ-१, चितवन-२ र बारा-२ मा हुने उपनिर्वाचनबारे छलफल हुनेछ।
राप्रपाद्वारा पार्टी पदाधिकारी बैठक आह्वान

काठमाडाैं, चैत १३ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज आफ्नो पदाधिकारी बैठक बोलाएको छ।

आज  दिउँसो १ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने गरी बैठक बोलाइएको पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

Hardik ivf

उनका अनुसार आजको बैठकमा आगामी वैशाख १० गते तनहुँ-१, चितवन-२ र बारा-२ मा हुने उपनिर्वाचनबारे छलफल हुनेछ।

साथै केही समयपछि हुने पार्टीको केन्द्रीय समिति बैठकको तयारीलगायत पार्टीका सांगठनिक र विविध विषयमा पदाधिकारी बैठकमा छलफल हुने सो पार्टीले जनाएको छ ।

प्रकाशित मिति: १२:५४ बजे, सोमबार, चैत १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्