Kathmandu Press

रास्वपा सांसद् निशा डाँगी भन्छिन्– दलहरूले गर्ने शक्तिको खेलबाट संसद् प्रभावित हुनुहुँदैन [भिडियाे]

‘सभामुख महोदय, कति दिनभित्र प्रतिनिधिसभा नियमावली पास हुन्छ ? कति दिनभित्र संसदीय समितिहरू बन्नेछन्, र कुन दिनबाट सदन संविधानले परिकल्पना गरेअनुसार आफ्नो कामकारबाहीमा गतिशील भएर अघि बढ्छ?’
रास्वपा सांसद् निशा डाँगी भन्छिन्– दलहरूले गर्ने शक्तिको खेलबाट संसद् प्रभावित हुनुहुँदैन [भिडियाे]

काठमाडौं, चैत १२ : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले राजनीतिक दलहरूले गर्ने शक्तिका खेलबाट संसद् प्रभावित हुन नहुने बताएकी छिन्।

आइतबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद् डाँगीले यस्तो खेलबाट संसदलाई प्रभावित हुन नदिन सभामुख र सबै सांसदले भूमिका निर्वाह गर्नुपर्ने बताइन्।

उनले निर्वाचन भएको ४ महिना बितिसक्दा जनताको अपेक्षा बमोजिम सदनमा आफूहरु खडा हुन नसकेको स्पष्ट पारिन्। उनले प्रतिनिधिसभा नियमावली पास नहुँदा संसद्ले प्रभावकारी काम गर्न नसकेको उल्लेख गरिन्।

Hardik ivf

उनले प्रतिनिधिसभा नियमावली कहिले पास हुन्छ भन्दै सभामुखलाई प्रश्न समेत गरिन्। ‘सभामुख महोदय, कति दिनभित्र प्रतिनिधिसभा नियमावली पास हुन्छ ? कति दिनभित्र संसदीय समितिहरू बन्नेछन्, र कुन दिनबाट सदन संविधानले परिकल्पना गरेअनुसार आफ्नो कामकारबाहीमा गतिशील भएर अघि बढ्छ?,’ डाँगीले सभामुखलाई प्रश्न गरिन्।

‘राजनीतिले लिएको मोडका बारेमा हामी सबै जानकार छौँ, तर सँधै राजनीतिका त्यस्ता मोडहरूलाई जिम्मेवार देखाएर सार्वभौम यो सदन पन्छिन मिल्दैन। विविध राजनीतिक घटनाक्रमले सदनको कामकारबाहिमा कुनै असर नपरोस् भनेर हामी सचेत हुन जरूरी छ,’ उनले भनिन् ।

रास्वपाले सदनको आफ्नो क्यालेन्डर हुनपर्ने भन्दै आवाज उठाइरहेको बताउँदै उनले सदन निष्प्रभावि हुँदा आफूहरूले उठाएको आवाज सहि थियो र छ भन्ने प्रमाणीत भएको बताइन् ।

संसद गति दिने सन्दर्भमा सांसद र सभामुखले आत्मसमीक्षा गर्नुपर्ने उनले बताइन्। संसद् प्रभावकारी काम गर्न नसकेको भन्दै जनताले प्रश्न गर्न थालेको पनि उनले बताइन्।

 

प्रकाशित मिति: १८:१४ बजे, आइतबार, चैत १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्