Kathmandu Press

हाँडीगाउँमा रक्तदान कार्यक्रम, ७७ जनाले दिए रगत

डेंगुको समय आएको र विगतमा बिरामीलाई रगतको निकै अभाव हुने गरे आगामी दिनमा त्यस्तो अवस्था सिर्जना नहोस् भन्ने उद्देश्यले रेडक्रससँगको समन्वयमा रक्तदान कार्यक्रमको आयोजना गरिएको फाउन्डेसनका अध्यक्ष उज्ज्वल काेइरालाले बताए।
हाँडीगाउँमा रक्तदान कार्यक्रम, ७७ जनाले दिए रगत

काठमाडौं, चैत १२ : डेंगुको प्रकोप फैलिने समय नजिकिएकाले बिरामीलाई रगतको अभाव हुन नदिने र रक्तदानसम्बन्धी सन्देश प्रवाह गर्ने उद्देश्यले के फाउन्डेसन ग्लोबलले रक्तदान कार्यक्रमको आयोजना गरेको छ।

काठमाडौं महानगरपालिका-५ हाडीगाउँस्थित गहना पोखरीमा शनिबार आयोजित उक्त कार्यक्रममा ७७ जनाले रक्तदान गरेका थिए। सो अवसरमा विविध सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको थियो। कार्यक्रममा काठमाडौं क्षेत्र ५ (क) का प्रदेशसभा सदस्य राजेन्द्र प्रजापती, चर्चित अभिनेता राजेश हमाल, अभिनेत्री वसुन्धरा भुसाल र मिस नर्थ अमेरिका–२०२२ की विजेता प्रतियुषा बोहोरालगायतको उपस्थिति थियो।

डेंगुको समय आएको र विगतमा बिरामीलाई रगतको निकै अभाव हुने गरे पनि आगामी दिनमा त्यस्तो अवस्था सिर्जना नहोस् भन्ने उद्देश्यले रेडक्रससँगको समन्वयमा रक्तदान कार्यक्रमको आयोजना गरिएको फाउन्डेसनका अध्यक्ष उज्ज्वल काेइरालाले बताए। उनले स्वस्थ मानिसले रक्तदान गरेर बिरामीलाई बचाउनु ठुलो धर्म भएको बताए।

कार्यक्रममा स्थानीय नेवारी बाजा बजाउनुका साथै परम्परागत संस्कृति झल्काउने प्रस्तुति राखिएको थियो। सोही आवसरमा नेवारी संस्कृति संरक्षणमा संलग्न चारवटा क्लबलाई बाँसुरी, मादललगायत वाद्ययन्त्र हस्तान्तरण गरिएको थियो।  ‘नेवार समुदायले मनाउँदै आएको हाँडीगाउँ जात्रा नजिकै रहेकाले सोही समुदायका केही व्यक्तिलाई सम्मान गर्दै नेवारी संस्कृति संरक्षणमा संलग्न क्लबहरूलाई वाद्ययन्त्र हस्तान्तरण गरिएको हो,’ उनले भने।    

सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै अभिनेता हमालले आफ्नो कलासंस्कृति बचाइराख्नुपर्नेमा जोड दिए। संस्कृतिले हरेक नागरिको पहिचान दिने भएकाले आफ्नो सस्कृतीको जग बचाउनु सबैको कर्तव्य भएको उनको भनाइ थियो। रक्तदान जीवनदान भन्ने भनाइलाई आत्मसात् गरेर रगत दान गरी पुण्य कमाउन अग्रसर हुनुपर्ने सन्देश पनि उनले प्रवाह गरे।

कार्यक्रममा प्रदेशसभा सदस्य प्रजापती, अभिनेत्री भुसाल र मिस नर्थ अमेरिका बोहोरालगायतले रक्तदानको महत्व र आवश्यकताबारे प्रकाश पारेका थिए। रगत दिँदैमा व्यक्त कमजोर हुने, रोगहरूले आक्रमण गर्ने, दुब्लाउने भन्ने भ्रम रहेकाले त्यस्ता भनाइका पछि कोही पनि लाग्न नहुने सुझाव उनीहरूले दिएक थिए।

प्रकाशित मिति: १८:११ बजे, आइतबार, चैत १२, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्