Kathmandu Press

वर्तमान सरकारबाट देश र जनताको हित हुन सक्दैन : प्रेम सुवाल

आइतबार भक्तपुरमा गणेश माध्यमिक विद्यालयले आयोजना गरेको छात्रवृत्ति वितरण कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै सुवालले अहिले सिद्धान्तहिन गठबन्धनको सरकार बनेकाले सरकारबाट देश र जनताको हित हुन नसक्ने बताएका हुन्।
वर्तमान सरकारबाट देश र जनताको हित हुन सक्दैन : प्रेम सुवाल

काठमाडाैं, चैत १२ : नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले वर्तमान सरकारबाट देश र जनताको हित हुन नसक्ने बताएका छन्।

आइतबार भक्तपुरमा गणेश माध्यमिक विद्यालयले आयोजना गरेको छात्रवृत्ति वितरण कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै सुवालले अहिले सिद्धान्तहिन गठबन्धनको सरकार बनेकाले सरकारबाट देश र जनताको हित हुन नसक्ने बताएका हुन्।

Hardik ivf

जोत्नेलाई जमिन दिने र नेपालमै रसायनिक मल कारखाना खोल्ने, सिचाईको व्यवस्था गरेर उत्पादन बढाउनुपर्ने उनले बताए। उनले नेपालकै लगानीमा जलविधुत आयोजनाहरु निर्माण गरेर बिजुलीको अधिकतम उपयोगमार्फत ग्यासको उपयोगलाई बन्द गर्नुपर्ने धारणा राखे।

सुवालले अहिले भारतलाई सुम्पेका नदिनालाहरु फिर्ता लिइ आफैले उपभोग गर्ने उल्लेख गरे। 

प्रकाशित मिति: १६:५२ बजे, आइतबार, चैत १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्