मधेशका ६ जिल्लमा जनमत पार्टीले तोक्यो इन्चार्ज
ती जिल्लामा पार्टीको कामकारबाही अगाडि बढाउन र संगठन विस्तार गरी जिल्ला समिति गठन गर्न इन्चार्ज को जिम्मेवारी तोकिएको राउतले बताएका छन् ।
जनकपुर, चैत ११ : जनमत पार्टीले मधेशका ६ जिल्लाको इन्चार्ज तोकेको छ । पार्टी अध्यक्ष सीके राउतले शुक्रबार पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा र सिरहा जिल्लाको इन्चार्ज तोकेका हुन्।
राउतले पर्सामा माधवप्रसाद सिंह इन्चार्ज बनाएका छन् भने ओमप्रकाश सर्राफ संयोजक र मुकेश द्विवेदी सहसंयोजक तोकिएका छन् । त्यस्तै रौतहटमा बृजकिशोर यादव, सर्लाहीमा श्रीचन राय यादव, महोत्तरीमा सौरभ साह, धनुषामा सुरेन्द्र मण्डल र सिरहामा विनोद यादव इन्चार्ज तोकिएका छन्।
ती जिल्लामा पार्टीको कामकारबाही अगाडि बढाउन र संगठन विस्तार गरी जिल्ला समिति गठन गर्न इन्चार्ज को जिम्मेवारी तोकिएको राउतले बताएका छन् ।
प्रकाशित मिति: २०:३८ बजे, शनिबार, चैत ११, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार