Kathmandu Press

कांग्रेस नेतृ अवालसहित ७७ जनालाई सम्मान

कांग्रेस नेतृ अवालसहित ७७ जनालाई सम्मान

भक्तपुर, चैत ११ : ‘समानताका लागि आवाज भक्तपुर’ले २५औँ वर्ष प्रवेशको अवसरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गङ्गालक्ष्मी अवालसहित ७७ जनालाई कदरपत्र प्रदान गरेको छ ।

संस्थाको रजत जयन्तीका अवसरमा आज आयोजित कार्यक्रममा उनीहरुलाई पूर्वमन्त्री एवं मानवअधिकारकर्मी डा देवेन्द्रराज पाण्डेले खादा ओढाएर सम्मान गरेका हुन।

Hardik ivf

मानवअधिकारकर्मी पाण्डेले अपाङ्गता भएका व्यक्ति राज्यबाट पछाडि परेको बताउँदै अपाङ्गता भएका व्यक्तिलाई पनि राज्यले समानरूपमा विभिन्न क्षेत्रमा प्रतिनिधित्व गराउँदै उनीहरूको अधिकारलाई स्थापित गर्नुपर्नेमा जोड दिए ।

त्यस अवसरमा संस्थालाई आर्थिक, भौतिक तथा अन्य सहयोग गर्ने अवालसहित ११ कर्मचारी, दुई सय २८ सहयोगी व्यक्तित्व र २८ सहयोगी संस्थाका प्रतिनिधिलाई सम्मान गरिएको समानताका लागि आवाज भक्तपुरका प्रवक्ता सुरेश राजभण्डारीले जानकारी दिए ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य अवाल, समानताका लागि आवाज भक्तपुरका संस्थापक एवं राष्ट्रिय शारीरिक अपाङ्ग सङ्घ नेपालका अध्यक्ष किरण शिल्पकार, एभरेष्ट स्कुलका प्रिन्सिपल भक्त राजभण्डारी, संस्थाका अध्यक्ष एवं कार्यक्रमका सभापति रामप्रसाद मानन्धरलगायतले संस्थाले गर्दै आएको कार्यक्रमको चर्चा गर्दै देशको तीन तहकै सरकारको नजर अपाङ्गताको क्षेत्रमा पर्नुपर्ने बताए।

प्रकाशित मिति: १९:५० बजे, शनिबार, चैत ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्