Kathmandu Press

पत्रकार तामाङको निधन 

पत्रकार तामाङको निधन 
Hardik ivf

काठमाडौं, चैत ११ : पत्रकार दिपेन्द्र दोङ तामाङको शनिवार निधन भएको छ । तामाङ पछिल्लो समय मध्यान्न राष्ट्रिय दैनिकाका कार्यकारी सम्पादक थिए । केही दिन अघि ब्रेन ह्याम्रेज भएपछि तामाङको मेडिसिटी अस्पतालमा तामाङको उपचार भइरहेको थियो । 

लामो समयदेखि पत्रकारितामा सक्रिय रहेका तामाङले मध्यान्न राष्ट्रिय दैनिकका अतिरिक्त  इमेज एफएम, सिटिजन एफएमको समाचार प्रमुख, जनता प्रशारण तथा प्रकाशन लिमिटेडद्वारा सञ्चालित रेडियो जनता एफएमको स्टेशन म्यानेजर र जनता खबर डटकमका सम्पादक रही काम गरेका थिए । उनी तामाङ भाषाका चलचित्रका लेखक तथा निर्देशक समेत रहेका थिए । 
 

प्रकाशित मिति: १८:२९ बजे, शनिबार, चैत ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्