Kathmandu Press

उदयपुर–खोटाङ जोड्ने झोलङ्गे पुल दोस्रो पटक भत्कियो

कटारी–१० का वडाध्यक्ष क्षेत्रबहादुर खड्काका अनुसार पुलको कटारीतर्पmका पुलको खम्बा भत्किएको हो। शुक्रबार बिहान एक्कासि पुल भत्किएको वडाध्यक्ष खड्काले बताए।
उदयपुर–खोटाङ जोड्ने झोलङ्गे पुल दोस्रो पटक भत्कियो

उदयपुर, चैत ११ : उदयपुरको कटारी नगरपालिका–१० चिप्टार र खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ बाइटार जोड्ने सुनकोसीको झोलुङ्गे पुल निर्माण सम्पन्न नहुँदै फेरि भत्किएको छ ।

कटारी–१० का वडाध्यक्ष क्षेत्रबहादुर खड्काका अनुसार पुलको कटारीतर्पmका पुलको खम्बा भत्किएको हो। शुक्रबार बिहान एक्कासि पुल भत्किएको वडाध्यक्ष खड्काले बताए।

यसअघि निर्माण नहुँदै दुई वर्षअघि पुलको स्ल्याब भत्किएको थियो । गुणस्तरहीन सामाग्री प्रयोग गरेकाले पुल भत्किएको आरोप लगाउँदै आएको स्थानीयवासी धर्म खनालले बताए।  

विसं २०७६ मै निर्माण सुरु भए पनि पुल निर्माण हुन सकेको छैन । पूर्वाधार विकास कार्यालय गाईघाटबाट रु तीन करोड ५० लाखमा ठेक्का लिएका वसन्त बुढाथोकीले झोलुङ्गेमा गुणस्तरहीन सामग्री प्रयोग गरेपछि स्ल्याब भत्किएको स्थानीयवासीको दाबी छ ।

पुल निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग र ढिलासुस्ती भएकोबारे सम्बन्धित सरोकारवाला निकायलाई जानकारी गराउँदा बेवास्ता गरेको स्थानीयवासीले बताएका छन् । पुल नहुँदा दुवै जिल्लाका स्थानीयवासीले काठको डुङ्गाबाट जोखिम मोलेरै सुनकोसी आउजाउ गर्नुपर्ने बाध्यता छ ।

प्रकाशित मिति: ०७:०२ बजे, शनिबार, चैत ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्