Kathmandu Press

पशुपतिनाथ क्षेत्रमा आउने आगन्तुकलाई सहज रहन आग्रह

काठमाडौं, माघ ६ : पशुपति क्षेत्र विकास कोषले पशुपतिकाे पूजा आराधना तथा भ्रमणमा आउने आगन्तुकलाई सजग रहन आग्रह गरेको छ।

पशुपतिनाथ क्षेत्रको क्....

पशुपतिनाथ क्षेत्रमा आउने आगन्तुकलाई सहज रहन आग्रह

काठमाडौं, माघ ६ : पशुपति क्षेत्र विकास कोषले पशुपतिकाे पूजा आराधना तथा भ्रमणमा आउने आगन्तुकलाई सजग रहन आग्रह गरेको छ।

पशुपतिनाथ क्षेत्रको क्रियाघरमा बसेका क्रियापुत्रीको मोबाईल चोरी भएको समाचार काठमाडौं प्रेसले प्रकाशित गरेपछि कोषले सुरक्षा व्यवस्थापमा कडाई गरेको जनाएको छ। सजक रहन आग्रह पनि गर्न थालेको छ।

Hardik ivf

कोषले दैनिक ठूलो आवाजमा माइकबाट सामानको सुरक्षाको लागि सचेत गराउन लागेको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले बताए। ‘पुशपति क्षेत्रमा घुम्न आउने मान्छेलार्ई जाँच गर्ने नियम छैन। क्रियाघरमा भेट्न आउने जाने शोकमा हुन्छन्। पीडाको समयमा झन्झट नलागोस भनेर जाँच गर्ने नियम पनि छैन,’ उनले भने। ‘सबै राम्रो काम र राम्रो नियतले आएका हुदैनन्। त्यसैले सबैले आफ्नो सामानको सुरक्षा गर्न आग्रह गर्न थालेका छौं।’

उनका अनुसार सशस्त्र प्रहरी, कोषको सुरक्षा गार्डको व्यवस्थालाई अझ थप गर्ने योजना बनाइएको छ। रातिको समयमा गार्डलाई बढि निगरानी गर्न निर्देशन दिइएको उनले बताए।

त्यस्तै, महंगो सामान क्रियाघरमा नल्याउन पनि उनले आग्रह गरे। ‘महंगो सामान क्रियाघरमा नल्याउन पटकपटक आग्रह गदै आएको छु, तर पनि कोही मान्दैनन्,’ उनले भने, ‘सकभर आफूले पनि सचेत हुनुपर्छ। केही शंका लागे सुरक्षाकर्मीलाई तत्काल जानकारी दिँदा हुन्छ।’

याे पनि पढ्नुस् : आमाको किरिया बस्दा पशुपतिबाट हराएको त्यो मोबाइल...

 

प्रकाशित मिति: ११:२८ बजे, सोमबार, माघ ६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्