Kathmandu Press

भारतबाट नौ महिला र एक बच्चाको उद्धार

भारतबाट नौ महिला र एक बच्चाको उद्धार

काठमाडाैं, चैत ९ : आकर्षक काममा लगाइदिने बहानामा भारतमा लगेर बेचबिखनमा परी देहव्यापारमा लगाइएका नौ महिला र एक बच्चालाई उद्धार गरिएको छ ।

भारतको नयाँ दिल्लीमा उनीहरूलाई फ्ल्याटमा राखेर यौन व्यावसायमा लगाइएको गुनासो आएपछि उनीहरूलाई उद्धार गरेर नेपाल ल्याइएको मानव बेचबिखन अनुसन्धान ब्यूरो काठमाडौँले जनाएकाे छ।

Hardik ivf

ब्यूरोका प्रहरी उपरीक्षक कृष्णप्रसाद पङ्गेनीका अनुसार उनीहरूलाई संरक्षित संस्थामा राखेर मनोविमर्श सेवा दिइरहेको र घटनाका विषयमा आवश्यक अनुसन्धान जारी रहेको छ । उनीहरूसँग सोधपुछसमेत जारी रहेकाले उनीहरूको बयानका आधारमा बेचबिखन गर्ने व्यक्तिको खोजी गरिने उनले जानकारी दिए ।

उनीहरूलाई भारतीय प्रहरीको सहयोगमा भारतस्थित नेपाली दूतावास, यस क्षेत्रमा काम गर्ने संस्थासँगको समन्वयमा उद्धार गरेर ल्याइएको पनि पङ्गेनीले बताए।

प्रकाशित मिति: २०:०५ बजे, बिहीबार, चैत ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्