Kathmandu Press

लघुवित्तीय संस्थाहरुले ज्यादती गरेको भन्दै नेकपा बहुमतकाे प्रदर्शन

लघुवित्तीय संस्थाहरुका कारण सर्वसाधारणहरु पीडित हुनुपरेको र ठगी गरेको भन्दै नेकपा बहुमतको बागमती उपत्यका व्युरोले काठमाडौंको कमलपोखरीस्थीत निर्धन उत्थान लघुबित्तको कार्यालय अगाडी प्रदर्शन गरेका हुन्।
लघुवित्तीय संस्थाहरुले ज्यादती गरेको भन्दै नेकपा बहुमतकाे प्रदर्शन

काठमाडाैं, चैत ९ : लघुवित्तीय संस्थाहरुले ज्यादती गरेको भन्दै नेकपा बहुमतले काठमाडौंम विरोध प्रदर्शन गरेको छ।

लघुवित्तीय संस्थाहरुका कारण सर्वसाधारणहरु पीडित हुनुपरेको र ठगी गरेको भन्दै नेकपा बहुमतको बागमती उपत्यका व्युरोले काठमाडौंको कमलपोखरीस्थीत निर्धन उत्थान लघुबित्तको कार्यालय अगाडी प्रदर्शन गरेका हुन्।

Hardik ivf

प्रदर्शनकारीहरुले लघुवित्तिय संस्था खारेज गर, पीडितको ऋण मिनाहा गर, जनताको जीवनशैली सहज गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए।

नेकपा बहुमतका नेता गुणराज लोहनीले नेपालका ७५ प्रतिशत मान्छेहरु बितिय संस्थाबाट पिडित रहेको बताउनुभयो। उहाले लघुवित्तिय संस्थाहरुले ज्यादती नरोकिएसम्म निरन्तर संघर्ष गर्ने चेतावनी दिए।

लघुवित्तिय संस्थाहरुका कारण पीडित हुनुपरेको भन्दै पछिल्लो समय विरोध प्रदर्शन हुँदै आएको छ। 

प्रकाशित मिति: १५:३६ बजे, बिहीबार, चैत ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्