Kathmandu Press

गैँडाको आक्रमणबाट नवलपरासीमा महिलाको मृत्यु

देवचुलीमा रहेको महाराजा सामुदायिक वनमा घाँस काट्न गएकी देवचुली नगरपालिका–१० पृथ्वीनगरकी अन्दाजी ६१ वर्षीया दरिमा थापामगरलाई दिउँसो २ बजेतिर गैँडाले आक्रमण गरेको थियो।
गैँडाको आक्रमणबाट नवलपरासीमा महिलाको मृत्यु

नलपुर, चैत ८ : पूर्वी नवलपरासीको देवचुलीमा गैंडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।

देवचुलीमा रहेको महाराजा सामुदायिक वनमा घाँस काट्न गएकी देवचुली नगरपालिका–१० पृथ्वीनगरकी अन्दाजी ६१ वर्षीया दरिमा थापामगरलाई दिउँसो २ बजेतिर गैँडाले आक्रमण गरेको थियो।

Hardik ivf

गैँडाको आक्रमणबाट घाइते भएकी थापाको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो।

देवचुली–१० का वडाध्यक्ष रेप्तीकुमार घर्तीमगरका अनुसार थापालाई पृथ्वीनगर खेल मैदान नजिकै रहेको घाँसे मैदानमा घाँस काट्न जाने क्रममा गैँडाले आक्रमण गरेको थियो।

प्रकाशित मिति: २१:०० बजे, बुधबार, चैत ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्