Kathmandu Press

कोशी प्रदेशका कामदारलाई न्यूनतम पारिश्रमिक दिने सहमति

नेपाल व्यापार कर्मचारी संघ (युनिकम नेपाल) र नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशबीच ११ बुँदे समझदारी भएसँगै प्रदेश भरका कामदार तथा कर्मचारीले न्यूनतम पारिश्रमिक पाउने भएका हुन्।
कोशी प्रदेशका कामदारलाई न्यूनतम पारिश्रमिक दिने सहमति

मोरङ, चैत ८ : कोशी प्रदेशका कामदार तथा कर्मचारीलाई न्यूनतम पारिश्रमिक प्रदान गरिने भएको छ।

नेपाल व्यापार कर्मचारी संघ (युनिकम नेपाल) र नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशबीच ११ बुँदे समझदारी भएसँगै प्रदेश भरका कामदार तथा कर्मचारीले न्यूनतम पारिश्रमिक पाउने भएका हुन्।

Hardik ivf

समझदारीपत्रमा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका तर्फबाट अध्यक्ष टीकाराज ढकाल र युनिकम नेपालका तर्फबाट गजेन्द्रबहादुर पौडेलले हस्ताक्षर गरेसँगै प्रदेश भरका मजदुर तथा कर्मचारीले सरकारले तोकेको न्यूनतम पारिश्रमिक पाउने भएका हुन्।

कर्मचारी र उद्योग व्यवसायीका बीचमा सुमधुर सम्बन्ध बनाउँदै कामदार तथा कर्मचारीका हितमा कार्यरत युनिकम नेपाल र नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्षबीच समझादारी पत्रमा हस्ताक्षरसँगै सो पत्रसमेत आदान प्रदान गरिएको छ।  

समझदारी पत्रमा कोशी प्रदेशका उद्योग र व्यपार क्षेत्रमा काम गर्ने सम्पूर्ण मजदुर कर्मचारीलाई रोजगारसम्बन्धी स्थापित हुने फोटोसहितको परिचयपत्र एवं नियुक्तिपत्र अनिवार्य गरिने भएको छ।

त्यस्तै साप्ताहिक बिदा, सामाजिक सुरक्षा कोषमा सूचीकृत गराउने, व्यवसायीको दायित्व र कर्तव्य दुवै हुने, व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षाको प्रत्याभूति, भविश्यमा आउनसक्ने विभिन्न प्रकारका महामारी वा प्रकोपमा रोजगारदाता तथा कामदार कर्मचारीको सुरक्षाका लागि दुवै पक्ष मिलेर कार्य गर्ने, नेपालको संविधान, २०७२, श्रम ऐन, २०७४ तथा ट्रेड युनियन ऐन, २०४९ अनुसार श्रमिकको सङ्गठित हुन पाउने अधिकारलाई कुण्ठित नगर्ने नगराउने कार्यमा प्रतिबद्ध रहने उल्लेख छ।

 

प्रकाशित मिति: १८:४७ बजे, बुधबार, चैत ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्