Kathmandu Press

रिटर्नी फेडेरेन नेपालको राष्ट्रिय महाधिवेशन चैत ११ देखि काठमाडौंमा

संगठनले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै चैत्र ११ र १२ गते राष्ट्रिय महाधिवेशन हुने र महाधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने जानकारी दिएको हो। महाधिवेशनले नेतृत्व चयन गर्ने जनाइएको छ।
रिटर्नी फेडेरेन नेपालको राष्ट्रिय महाधिवेशन चैत ११ देखि काठमाडौंमा

काठमाडाैं, चैत ८ : नेकपा एमाले निकट विदेशबाट फर्किएका नेपालीहरुको संगगठन रिटर्नी फेडेरेन नेपालको प्रथम राष्ट्रिय महाधिवेशन चैत्र ११ देखि काठमाडौंमा सुरु हुने भएको छ।

संगठनले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै चैत्र ११ र १२ गते राष्ट्रिय महाधिवेशन हुने र महाधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने जानकारी दिएको हो। महाधिवेशनले नेतृत्व चयन गर्ने जनाइएको छ।

पत्रकार सम्मेलनमा रिटर्नी फेडेरेन नेपालका अध्यक्ष चन्द्र बहादुर रोकायाले वैदेशिक रोजगारी, अध्ययन तथा व्यवसायी गरि फर्केकाहरुको सहभागीतामा हुने महाधिवेशनले आवश्यक नीति बनाउने जानकारी दिए।

उनले विदेशबाट फर्किएका नेपालीहरुको तथ्याङ्क सरकारले राख्नुपर्ने र सीपयुक्त युवाहरुलाई राष्ट्रनिर्माणका साथै उद्यमशिलतामा परिचालन गर्नुपर्ने बताए।

आम युवाहरुलाई उद्यमी गर्न प्ररित गर्नका लागि संगठनले काम गरिरहेको उहाले जानकारी दिए। 

प्रकाशित मिति: १७:१८ बजे, बुधबार, चैत ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्