Kathmandu Press

रामेछापको मन्थलीमा वाग्मती सांस्कृतिक सम्मिलन हुने

महासंघले बुधबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी बागमती प्रदेशमा भएका कला, वास्तुकला, चित्रकला, मूर्तिकला, नाटक र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले उक्त सांस्कृतिक सम्मिलन गर्न लागेको जानकारी दिएको हो।
रामेछापको मन्थलीमा वाग्मती सांस्कृतिक सम्मिलन हुने

काठमाडौं, चैत ८ : राष्ट्रिय जनसांस्कृतिक महासंघ, नेपाल वाग्गमती प्रदेश समितिले रामेछापको मन्थलीमा वाग्मती सांस्कृतिक सम्मिलन आयोजना गर्ने भएको छ।

महासंघले बुधबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी बागमती प्रदेशमा भएका कला, वास्तुकला, चित्रकला, मूर्तिकला, नाटक र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले उक्त सांस्कृतिक सम्मिलन गर्न लागेको जानकारी दिएको हो।

Hardik ivf

सम्मेलनले बागमती प्रदेशभित्रका लोक संस्कृति र कलाको पहिचान, साहित्य लेखनका प्रमुख प्रवृत्ति पहिल्याउने महासंघले जनाएको छ।

त्यस्तै प्रदेशभित्रका स्थापत्यकला, चित्रकला, मूर्तिकला, सङ्गीतकला र प्रदर्शन कलाको प्रदर्शन गर्नुका साथै मूल प्रवृत्ति पहिचान गरी बागमती प्रदेशभित्र रहेका सांस्कृतिक एवं अन्य सम्पदाको पहिचान र तिनको पर्यटन प्रवद्र्धनसँग सम्बन्धित विमर्शबाट नीति निर्माणमा सहयोग पुग्ने रामेछापका खाडादेवी गाउँपालिकाका प्रमुख ज्ञानकुमार श्रेष्ठले बताए।

उक्त कार्यक्रमले रामेछापको कला, साहित्य, गीत, सङ्गीतलगायत समग्र क्षेत्रको विकासमा मद्दत पुग्ने उनले बताए।

त्यस्तै नेकपा (एमाले) का जनसांस्कृतिक महासङ्घ, नेपालले इञ्चार्ज माधव प्रधानले सो क्षेत्रमा रहेका लोकसंस्कृति, कला, लेखन, मूर्तिकलालगायत समग्र सम्भावनको पहिचान गर्ने उद्देश्य रहेको बताए। 

प्रकाशित मिति: १६:२७ बजे, बुधबार, चैत ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्