Kathmandu Press

निरक्षरमा ‘क्यान्सर’ रोग उच्च

एन्सन नेपालले सार्वजनिक गरेको अध्ययनमा ४६ प्रतिशत  निरक्षर व्यक्तिमा सुर्तीजन्य पदार्थको सेवनले क्यान्सर रोग देखिएको हो।
निरक्षरमा ‘क्यान्सर’ रोग उच्च

काठमाडौं, चैत ८ : नेपालमा साक्षरभन्दा निरक्षर व्यक्तिमा सुर्तीजन्य पदार्थको सेवनबाट बढी ‘क्यान्सर’ रोग हुने देखिएको छ। 

एन्सन नेपालले सार्वजनिक गरेको अध्ययनमा ४६ प्रतिशत  निरक्षर व्यक्तिमा सुर्तीजन्य पदार्थको सेवनले क्यान्सर रोग देखिएको हो।

Hardik ivf

एन्सन नेपालले सन् २०१९ मा गरेको सुर्तीजन्य पदार्थको सेवनबाट हुने क्यान्सर रोगको निदान उपचार सेवा लिन आउने सेवाग्राहीको आर्थिक भारसम्बन्धी अनुसन्धानगरेको थियो। सो अनुसन्धामा एक दशमलव नौ प्रतिशत उच्च शिक्षा हासिल गरेका व्यक्तिमा मात्र सुर्तीजन्य पदार्थको सेवनका कारणले क्यान्सर हुने गरेको पाइएको छ। 

अध्ययनले १६ प्रतिशतले बिरामीले घर जग्गा बेचेर उपचार गर्ने गरेको पाइएको छ। सत्ताइस दशमलव दुई प्रतिशत बिरामीले घरायसी बचतबाट उपचार खर्च बेहोर्ने र ६० प्रतिशत विरामी आफन्तबाट ऋण लिई खर्च बेहोर्ने गरेको अध्ययनमा देखाइएको छ।

अध्ययनले सुर्तीजन्य पदार्थको सेवनले गर्दा हुने क्यान्सर रोगका विरामीको औषत उमेर ५३ दशमलव पाँच वर्ष रहेको छ। एन्सन नेपालले एक सय तीन जना काठमाडौँमा उपचार गराइरहेका बिरामीसँग अध्ययन गरेको थियो। 

अध्ययनले क्यान्सर रोगको उपचारका लागि ४२ दशमलव सात प्रतिशत कृषि, २२ दशमलव तीन प्रतिशत व्यापार, ११ दशमलव सात प्रतिशत दैनिक ज्यालादारी, आठ दशमलव सात प्रतिशत सरकारी सेवा र आठ दशमलव ७ प्रतिशत वैदेशिक रोजगार मुख्य उपचारको लागि आम्दानीको मुख्य स्रोत भएको देखाएको छ। 

प्रकाशित मिति: १४:३५ बजे, बुधबार, चैत ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्