Kathmandu Press

६ कम्युनिस्ट पार्टीका किसान संगठनद्वारा माइतीघरमा प्रदर्शन

प्रदर्शनकारीहरूले 'किसान एकता जिन्दावाद', 'किसानहरू गर्जन्छन्, किसानमारा थर्कन्छन्', 'किसानमाथिको वित्तीय शोषण अन्त्य गर', 'बढ्दो महँगी नियन्त्रण गर', 'विषादीयुक्त खाद्यान्न आयात बन्द गर' जस्ता नारा लगाएका थिए।
६ कम्युनिस्ट पार्टीका किसान संगठनद्वारा माइतीघरमा प्रदर्शन

काठमाडौं, चैत ८ : मिटरब्याजी, रासायनिक मलखाद, लघुवित्तको समस्या समाधान गर्नु पर्ने माग राखेर सत्तरुढ माओवादी केन्द्रसहित ६ कम्युनिस्ट पार्टीनिकट किसान संगठनहरूले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन्।

माओवादी  निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), नेकपा (एकीकृत समाजवादी) निकट अखिल नेपाल किसान महासंघ, नेकपा (मसाल) निकट अखिल नेपाल किसान महासंघ (अप्फा), नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी), नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल किसान युनियन र नेकपा (माले) निकट अखिल नेपाल प्रगतिशील किसान संघले गरेको प्रदर्शनमा कृषिमा वैदेशिक लगानी हुन नहुने, भूमि बैंक खारेज गर्नुपर्नेलगायत माग पनि राखिएका छन्।

प्रदर्शनकारीहरूले 'किसान एकता जिन्दावाद', 'किसानहरू गर्जन्छन्, किसानमारा थर्कन्छन्', 'किसानमाथिको वित्तीय शोषण अन्त्य गर', 'बढ्दो महँगी नियन्त्रण गर', 'विषादीयुक्त खाद्यान्न आयात बन्द गर' जस्ता नारा लगाएका थिए।

प्रकाशित मिति: १३:५२ बजे, बुधबार, चैत ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्