झापाको सितापुरीमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु
पूर्वतर्फ गइरहेको मे१ज १९४२ नम्बरको जिपले बाटो काट्दै गरेका राईलाई ठक्कर दिएको थियो। उनको घटनास्थलमै मृत्यु भएको थियो।
झापा, चैत ८ : पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको कमल गाउँपालिका–४ सीतापुरीमा गए राति जिपको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
जिपको ठक्करबाट कमल–५ का ४० वर्षीय चन्द्रबहादुर राईको मृत्यु भएको प्रहरीले जनाएको छ। पूर्वतर्फ गइरहेको मे१ज १९४२ नम्बरको जिपले बाटो काट्दै गरेका राईलाई ठक्कर दिएको थियो। उनको घटनास्थलमै मृत्यु भएको थियो।
जिपका चालक इलाम नगरपालिका–२ का ३२ वर्षीय पेम्बा तामाङलाई आज बिहान प्रहरीले विर्तामोडस्थित बसपार्कबाट पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय दमक र ट्राफिक प्रहरी पोष्ट केर्खाको संयुक्त प्रहरी टोलीले फरार चालकलाई पक्राउ गरेको हो।
प्रकाशित मिति: ११:१७ बजे, बुधबार, चैत ८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












