आदिवासी जनजातिले पहिचानको कुरा उठाउन थालेका छन् : मन्त्री किराती

लालबन्दी, चैत ७ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले अहिले आदिवासी जनजातिले पहिचानको कुरा उठान गरिरहेको बताएका छन।
‘मातृभाषा, संस्कार, संस्कृतिको संरक्षण र संवर्द्धनको लागि हाम्रो अभियान’ भन्ने मूल नाराका साथ मङ्गलबार सर्लाहीको हरिवनमा आयोजित आदिवासी जनजाति युवा महासङ्घ, नेपालको आठौँ राष्ट्रिय सम्मेलनमा उनले भने, '४६ को जनआन्दोलनपछि ६२/६३ को आन्दोलनमा आदिवासी, जनजातिको दर्विलो उपस्थिति भए पनि यो वर्ग शोषित छ ।'
नेपाली समाजको शल्यक्रिया गरिनु आजको आवश्यकक्ता भएको उल्लेख गर्दै उनले नेपाली संस्कृतिको मनोविज्ञानबाट अगाडि बढ्नुपर्ने धारणा व्यक्त गरे। अब एकले अर्कालाई निषेध गरेर कोही पनि अगाडि बढ्न नसक्ने उनको भनाइ थियो ।
प्रकाशित मिति: २०:०४ बजे, मंगलबार, चैत ७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












