Kathmandu Press

कैलालीको भजनीमा ट्र्याक्टर दुर्घटना : दुई जनाको ज्यान गयो, २८ जना घाइते

दुर्घटनामा भजनी–९ की १४ वर्षीया चाहना चौधरी र ४६ वर्षीया दिलरानी चौधरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक एवम् सूचना अधिकारी कूलदीप चन्दले जानकारी दिए ।
कैलालीको भजनीमा ट्र्याक्टर दुर्घटना : दुई जनाको ज्यान गयो, २८ जना घाइते
Hardik ivf

काठमाडौं, चैत ७ : कैलालीको भजनीमा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । २८ जना घाइते भएका छन् ।

दुर्घटनामा भजनी–९ की १४ वर्षीया चाहना चौधरी र ४६ वर्षीया दिलरानी चौधरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक एवम् सूचना अधिकारी कूलदीप चन्दले जानकारी दिए ।

घाइतेहरुको घोडाघोडी अस्पताल र बर्दगोरियामा उपचार भइरहेको छ । गएराति बर्दगोरिया गाउँपालिका–६ सुगरखालमा पास्नी भोज खाएर फर्किने क्रममा से १ त ८८७० नम्बरको ट्र्याक्टर भजनी नगरपालिका–२ मा ट्र्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रकाशित मिति: ०८:५० बजे, मंगलबार, चैत ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्