Kathmandu Press

धेरैजसो ठाउँमा आज पनि पानी पर्ने सम्भावना 

काठमाण्डौसहित धेरैजसो पहाडी क्षेत्रमा दिउँसोपछि मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
धेरैजसो ठाउँमा आज पनि पानी पर्ने सम्भावना 

काठमाडौं, चैत ६ : देशभरकै मौसम बिहानैदेखि बदली भएको छ । आज पनि देशका धेरै ठाउँमा पानी पर्ने अनुमान गरिएको छ ।

काठमाण्डौसहित धेरैजसो पहाडी क्षेत्रमा दिउँसोपछि मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । तराईका जिल्लामा पनि मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको अनुमान गरिएको छ । गएराति पनि देशका धेरै ठाउँमा पानी परेको थियो ।

Hardik ivf

पछिल्लो २४ घण्टामा लमजुङमा सबैभन्दा  धेरै वर्षा भएको छ । लमजुङमा ५० मिलिमिटर वर्षा भएको मापन गरिएको छ । मौसमविद् समिर श्रेष्ठले पर्सिसम्मकै मौसम यस्तै रहने बताए । पश्चिमी वायुको  प्रभाव पर्सिसम्म नै रहने देखिएकाले मौसम बदली हुने र पानी पर्ने क्रम पर्सिसम्म नै चल्ने उनले जानकारी दिए । 

यसपालिको हिउँदयाममा खासै  पानी पर्न सकेन । हिउँद सुक्खा भए पनि प्रि-मनसुन सुरु भएपछि भने लगातारजसो पानी परिरहेको छ । यसले गर्दा प्रदूषण कम हुन र खेतीपातीका लागि केही राहत मिलेको छ । तर, यो समयमा असिना समेत पर्ने भएकाले कतिपय ठाउँमा भने तरकारी र फलफूल खेतीमा असर पर्न सक्छ । 

प्रकाशित मिति: ०८:२५ बजे, सोमबार, चैत ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्