Kathmandu Press

बनेपा–११ का वडाअध्यक्षले दुर्व्यवहार गरेको आरोप 

बनेपा–११ का वडाअध्यक्षले दुर्व्यवहार गरेको आरोप 

बनेपा, चैत ५ : बनेपा–११ का वडाअध्यक्ष शिवबहादुर थापाले दुर्व्यवहार  गरेको भन्दै स्थानीय राजनीतिक दलले विरोध जनाएका छन् । वडा कार्यालयमा निवेदन लिएर गएका स्थानीय अच्युत बञ्जारा, सुनिल खड्का, उमारुद्र काफले, कृष्ण बाँनिया र लक्ष्मण बञ्जारालाई वडाअध्यक्ष थापाले दुर्व्यवहार गरेको भन्दै विभिन्न दलका वडास्तरीय समितिले विरोध जनाएका हुन।

जनप्रतिनिधीको रुपमा दोस्रो कार्यकालमा रहेका थापा स्थानीय शारदादेवी सामुदायिक वन उपभोक्ता समितिको पनि १२ वदेखि अध्यक्ष रहिरहेकाले समिति पुनर्गठनको लागि निवेदन दिन गएका स्थानीय युवालाई दुर्व्यवहार गर्दै पत्र च्यातिदिएका थिए । नेपाली कांग्रेस, राप्रपा नेपाल, नेकपा (एकिकृत समाजवादी), नेकपा (माओवादी केन्द्र), शिव सेना नेपालका वडास्तरीय नेताहरुले हस्ताक्षर गरेको विज्ञप्तीमा वडाको विकास निर्माण, उपभोक्ता समिति गठन, सार्वजनिक सम्पत्तिहरु जस्तै वन, चौर, खानेपानी मूहान संरक्षणमा पारदर्शी, जवाफदेही हुँदै वडाका नागरिकहरुको हितमा काम गर्न अपिल गर्दै आएपनि त्यस्ता आग्रह र अनुरोधलाई अवज्ञा गर्दै आएको आरोप लगाइएको छ । सडक निर्माणका नाममा सार्वजनिक सम्पत्तिको क्षति गर्ने, सार्वजनिक सम्पत्ति निश्चित ब्यक्तिलाई प्रयोग गर्न दिने र उपभोक्ता समिति गठन गर्दा सार्वजनिक सूचना नदिइ गुपचुप रुपमा गरेका घटनाहरुप्रति चिन्तित भएको विज्ञप्तीमा उल्लेख छ । 

Hardik ivf

आफू माथि दुर्व्यवहार भएको उजुरीसहित युवाहरु इलाका प्रहरी कार्यालयमा गएपनि जाहेरी दर्ता नभएको गुनासो गरे । वडाअध्यक्ष थापाले भने आफू माथि दुर्व्यवहार भएको तर बच्नको लागि युवाहरुले विज्ञप्तीको नाटक गरेको दाबी गरे । प्रहरीले दुवै पक्ष छलफल गरेर सहमति फिर्ता पठाएको बताएको छ । सुरक्षाको प्रत्याभुतिसहित दोषी माथि क र्वाही नभए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने विज्ञप्तीमा उल्लेख छ ।

notice1679230373.jpg

प्रकाशित मिति: १८:३६ बजे, आइतबार, चैत ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्