Kathmandu Press

जित शेरचन भन्छन्– तनहुँ–१ को उपनिर्वाचनमा कृष्ण सिटौला उम्मेदवार बन्नुहुन्न

जित शेरचन भन्छन्– तनहुँ–१ को उपनिर्वाचनमा कृष्ण सिटौला उम्मेदवार बन्नुहुन्न

काठमाडौं, चैत ५ : नेपाली कांग्रेसका बागलुङ जिल्ला सभापति जित शेरचनले नेता कृष्ण सिटौलाले तनहुँ–१ मा हुने उपनिर्वाचनमा उम्मेदवार बन्ने आकांक्षा देखाएको कुरामा सत्यता नरहेको बताएका छन् ।

गण्डकी प्रदेश सांसदसमेत रहेको शेरचनले तनहुँ १ को उपनिर्वाचन र कृष्ण सिटौलालाई जोडेर सञ्चारमाध्यममा आएका समाचारहरु गलत रहेको बताउँदै नेता सिटौलाले उम्मेदवार बन्ने आकांक्षा नदेखाएको बताएका हुन् । उनले उपनिर्वाचनमा सिटौला उम्मेदवार नबन्ने दाबी समेत गरे । 

Hardik ivf

शेरचन सिटौला निकट नेता मानिन्छन् । ‘बाहिर मिडियामा सिटौला तनहुँबाट निर्वाचन लड्ने भनेर आएजस्तो उहाँको कुनै चाहाना छैन्,’ उनले भने । 

यसअघि कांग्रेसका नेता सिटौला तनहुँ क्षेत्र नं १ बाट चुनावमा उम्मेदवार बन्ने खबरहरु केहि सञ्चारमाध्यमबाट बाहिरएका थिए । 

तनहुँ क्षेत्र नं १ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति भएसँगै आगामी उपनिर्वाचन गर्ने तयारी छ ।  यस क्षेत्रमा कांग्रेस केन्द्रीय सदस्यद्वय गोबिन्द भट्टराई र धुब्र वाग्ले, कांग्रेसका नेता रामचन्द्र पोखरेल र दिपक भट्टराई लगायतको नाम चर्चामा छ । स्रोतका अनुसार केन्द्रीय सदस्य भट्टराई उम्मेदवार बन्ने सम्भावना छ ।

प्रकाशित मिति: १५:५९ बजे, आइतबार, चैत ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्