पत्रकार महासङ्घ काठमाडौँ शाखाद्धारा आदर्श पत्रकारिता पुरस्कार स्थापना
पत्रकारिता क्षेत्रको विकासमा योगदान गरेका अग्रज पत्रकारलाई प्रदान गर्ने उद्देश्यले सो पुरस्कार स्थापना गरिएको हो । शाखाले यही चैत २५ गते काठमाडौँमा आयोजना गर्ने अधिवेशनमा सो पुरस्कार वितरण गर्ने जनाइएको छ ।
काठमाडौं, चैत ५ : नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाले रु एक लाख एक हजार एक सय ११ राशिको आदर्श पत्रकारिता पुरस्कार स्थापना गरेको छ ।
पत्रकारिता क्षेत्रको विकासमा योगदान गरेका अग्रज पत्रकारलाई प्रदान गर्ने उद्देश्यले सो पुरस्कार स्थापना गरिएको हो । शाखाले यही चैत २५ गते काठमाडौँमा आयोजना गर्ने अधिवेशनमा सो पुरस्कार वितरण गर्ने जनाइएको छ ।
शाखाको शनिवार सम्पन्न बैठकले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले हालै पत्रकार तथा पत्रकार महासङ्घप्रति लक्षित गरी सार्वजनिक गरेको अभिव्यक्तिप्रति आपत्ति प्रकट गरेको सचिव महेश्वर गौतमले जानकारी दिए ।
प्रकाशित मिति: ०८:४० बजे, आइतबार, चैत ५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार