स्ववियु निर्वाचन : ८ देखि शुरु भएको मतदान अपराह्न ४ बजेसम्म
स्ववियु निर्वाचनअन्तर्गत आज बिहान ८ देखि शुरु भएको मतदान अपराह्न ४ बजेसम्म मतदान हुनेछ । प्रत्येक दुईरदुई वर्षमा हुनुपर्ने स्ववियु निर्वाचन २०६५ सालयता नियमित हुन सकेको थिएन ।
काठमाडौं, चैत ५ : त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन शुरु भएको छ । ६० आंगिक र एक हजार ४० सम्बन्धन क्याम्पसमा स्ववियु निर्वाचन हुन लागेको त्रिविले जनाएको हो ।
स्ववियु निर्वाचनअन्तर्गत आज बिहान ८ देखि शुरु भएको मतदान अपराह्न ४ बजेसम्म मतदान हुनेछ । प्रत्येक दुईरदुई वर्षमा हुनुपर्ने स्ववियु निर्वाचन २०६५ सालयता नियमित हुन सकेको थिएन ।
त्रिविका स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्यसचिव पशुपति अधिकारीले विगत १४ वर्षदेखि हुन नसकेको स्ववियु निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नका लागि सहयोग गर्न विज्ञप्तिमार्फत अपिल गरेका छन् ।
प्रकाशित मिति: ०८:१५ बजे, आइतबार, चैत ५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार