Kathmandu Press

फिल्म फ्लपपछि रिफ्रेसका लागि कुश्मा पुगे अभिनेता अनमोल 

छक्का पञ्जा ४ सँग छड्को भिडाएपछि फिल्म फल्पपछि रिफ्रेसका लागि उनी शनिबार आफ्ना साथीहरूसँग बन्जी जम्प गर्न पर्वतको कुश्मा रहेको द क्लिफ रिसोर्ट पुगेका हुन् ।
फिल्म फ्लपपछि रिफ्रेसका लागि कुश्मा पुगे अभिनेता अनमोल 

काठमाडौं, चैत ५ : नायक अनमोल केसीले कुश्मामाको द क्लिफ रिसोर्टमा पुगेका छन् ।

छक्का पञ्जा-४ सँग छड्के-२ भिडाएर फिल्म फ्लप भएपछि रिफ्रेसका लागि उनी शनिबार आफ्ना साथीहरूसँग बन्जी जम्प गर्न पर्वतको कुश्मा रहेको द क्लिफ रिसोर्ट पुगेका हुन् ।

Hardik ivf

उनले त्यहाँ स्काई साइक्लिङ तथा बन्जी  जम्प गरेका छन् । बन्जीसँगै उनले स्काई क्याफेको समेत मज्जा लिएको द क्लिफका सञ्चालक राजु कार्कीले जानकारी दिए । केसी नेपाली चलचित्रमा मेगा स्टारका रुपमा समेत चर्चित छन् तर पछिल्लो चलचित्र छड्केले भने उनको करिअरमा असर गरेको छ ।

ड्रिम्स, क्याप्टेन, कृ, ए मेरो हजुर, गाजलु लगायत चलचित्रमा नायक केसीको मुख्य भूमिका छ  ।

राजु कार्कीको परिकल्पना र नेतृत्वमा कालीगण्डकी नदीको खोँचमाथी पर्वत र बाग्लुङ बलेवा जोड्ने गरि बनाइएको  द क्लिफमा विश्वकै अग्लो स्विङ र विश्वकै दोस्रो अग्लो बन्जी जम्प निर्माण गरिएको छ ।

बन्जी र स्विङसँगै क्लिफमा रिसोर्ट, विश्वकै अग्लो ब्यवसायिक स्काइ रोप साइक्लिङ, स्काइ क्याफे, गुलेली पिङ, क्रेजी ब्रीज, स्काइ ग्लाइडिङ, स्काइ क्याफे लगायत गतिविधि सन्चालनमा छन् ।

प्रकाशित मिति: ०८:०७ बजे, आइतबार, चैत ५, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्