Kathmandu Press

पानीको संरक्षण र जलवायु परिवर्तनका असर सम्बोधन गर्न सम्मेलन हुँदै

विश्व पानी दिवसका अवसरमा खानेपानी मन्त्रालयसँगको समन्वयमा स्मार्ट वास सोलुसन्स र वाटर एड नेपालले अन्य विभिन्न निकायको सहयोगमा उक्त दुई दिवसीय राष्ट्रिय सम्मेलन आयोजना गर्न लागेको हो।
पानीको संरक्षण र जलवायु परिवर्तनका असर सम्बोधन गर्न सम्मेलन हुँदै

काठमाडौं, चैत ४ : नेपालमा पानीको सङ्कट न्यूनीकरण गर्ने उपायहरुको खोजी गरी कार्यान्वयनमा ल्याउने उद्देश्यले ‘बर्सातको पानी सङ्कलन : पानीको  संरक्षण र जलवायु परिवर्तनका असर सम्बोधन’सम्बन्धी राष्ट्रिय सम्मेलन हुने भएको छ।

विश्व पानी दिवसका अवसरमा खानेपानी मन्त्रालयसँगको समन्वयमा स्मार्ट वास सोलुसन्स र वाटर एड नेपालले अन्य विभिन्न निकायको सहयोगमा उक्त दुई दिवसीय राष्ट्रिय सम्मेलन आयोजना गर्न लागेको हो।

Hardik ivf

आयोजक समितिले सम्मेलनको तयारी पूरा भएको जनाएको छ। आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी समितिका अध्यक्ष एवम् स्मार्ट वास सोलुसन्स प्रालिका अध्यक्ष ई। रामदीप साहले सम्मेलनको तयारी पूरा भएको जानकारी दिएका हुन्।

अध्यक्ष साहको अध्यक्षतामा आयोजक संस्था र  सहयोगी संस्थाका प्रतिनिधिहरु सम्मिलित एक आयोजक समिति बनेको छ। त्यस्तै, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानका पूर्वउपकुलपति सुनिलबाबु श्रेष्ठको अध्यक्षतामा एक प्राविधिक समिति बनेको छ। प्राविधिक समितिले सम्मेलनमा प्रस्तुत हुने कार्यपत्रको छनोट र सम्पादन गरी उपयुक्त ढाँचा तयारी गरिसकेको जनाएको छ।

अध्यक्ष साहका अनुसार बर्सातको पानी सङ्कलनार्थ प्राप्त अवसरलाई दिगो विकासको लक्ष्य प्राप्ति, जलवायु परिवर्तनको असर न्यूनीकरण तथा जलउत्पन्न प्रकोप न्यूनीकरणका सन्दर्भमा सम्बोधन गर्ने सम्मेलनको उद्देश्य छ। 

साथै आमजनतामा पानीको महत्वको चेतना जगाउनु, उपयुक्त नीतिका लागि पैरवी चलाउनु र खानेपानीसम्बन्धी ज्ञान र उपयुक्त नवीनतम् प्रविधिको सार्वजनिकीकरण गर्ने उद्देश्यले उक्त सम्मेलन आयोजना गर्न लागिएको हो।

यही मार्च १९ र २० मा काठमाडौँमा हुने सम्मेलनमा विभिन्न विषयका विज्ञद्वारा १६ कार्यपत्र प्रस्तुत हुनेछन्। सम्मेलनमा चार प्राविधिक सत्र पनि हुनेछन्। पहिलो दिन सम्मेलनको समुद्घाटन हुनेछ भने दोस्रो दिन सामूहिक बहस हुनेछ। सम्मेलनको समापनमा काठमाडौँ घोषणा जारी गरिने छ।
 
स्मार्ट वासले खानेपानी मन्त्रालयको समन्वय र विभिन्न संस्थाको सहयोगमा २०२० पनि बर्सातको पानी सङ्कलनसम्बन्धी राष्ट्रिय  सम्मेलन गरेको थियो। सो सम्मेलनका स्रोत विज्ञको प्रस्तुति र नीति निर्माता तथा तीनै तहका सरकारमा खानेपानी क्षेत्रमा काम गरिरहेका नेतृत्व, प्राविधिक र उपभोक्ताबीच भएको ज्ञानको साझेदारीले काठमाडौँ महानगरपालिकासहित विभिन्न निकायले पानी पुनर्भरण र बर्सातको पानी सङ्कलन र उपयोगका अभ्यास थालेको आयोजक समितिका अध्यक्ष ई  साहले जानकारी दिनुभएको छ।

सम्मेलनको सहआयोजकमा उच्चस्तरीय बागमती सभ्यता संरक्षण तथा विकास समिति, नगर विकास कोष, इन्टरनेसनल रेनवाटर  हाभेष्टिङ एलाएन्स, ग्लोबल पिस फाउन्डेसन नेपाल, दियालो टेक्नोलोजी प्रा।लि।, बायोग्यास सपोर्ट प्रोग्राम र इन्भायरोमेन्ट एन्ड रिसोर्सेज म्यानेजमेन्ट कन्सल्टेन्सी (इआरएमसी) छन्।

प्रकाशित मिति: १८:०१ बजे, शनिबार, चैत ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्