Kathmandu Press

मूल्यवृद्धिविरूद्ध माइतीघरमा धर्ना

उपभोक्ता जागरण अभियान नेपालले शनिबार काठमाडौंको माइतिघर मूल्यबृद्धि विरुद्ध जनचेतना तथा धर्ना कार्यक्रम आयोजना गरेको हो।
मूल्यवृद्धिविरूद्ध माइतीघरमा धर्ना

काठमाडौं, चैत ४ : पछिल्लो समय मूल्यवृद्धि बढेको भन्दै काठमाडौंमा जनसचेतना तथा धर्ना कार्यक्रम गरिएको छ।

उपभोक्ता जागरण अभियान नेपालले शनिबार काठमाडौंको माइतिघर मूल्यबृद्धि विरुद्ध जनचेतना तथा धर्ना कार्यक्रम आयोजना गरेको हो।

हरेक बस्तुमा मूल्यबृद्धि हुदा समेत राज्य मौन रहेको भन्दै उनीहरुले जनता नै जागरुप हुनुपर्ने बेला आएको बताएका छन्।

धर्नामा सहभागीहरुले दोहोरो कर प्रणाली खारेज गर, बजार अनुगमन कतै देख्न पाइदैन, बिचौलियाको सिण्डिकेट चाहिँदैन, अस्वभाविक मूल्यबृद्धि नियन्त्रण गर लगाएका प्लेकार्ड प्रदर्शन गरेका थिए।

उनीहरुले बजारमा हावी भएको सिण्डिकेट रोक्नुपर्ने र कालाबजारीलाई नियन्त्रण गर्न सरकार गम्भीर हुनुपर्ने जनाएका छन्। 

प्रकाशित मिति: १६:३२ बजे, शनिबार, चैत ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्