Kathmandu Press

सभामुखको अभिव्यक्तिले अनलाइन मिडियाको स्वच्छतामाथी प्रहार 

संघका तर्फबाट सचिव गोविन्द मरासिनीले शुक्रबार साँझ एक विज्ञप्ति जारी गरी राज्यको नीति निर्माण गर्ने निकायको प्रमुख पदमा बसेका सभामुखबाट सार्वजनिक रूपमै प्रेसविरोधी अभिव्यक्ति आउनु अनलाइन मिडियाको स्वच्छतामाथी समेत प्रहार भएको उल्लेख गरेका छन् । 
सभामुखको अभिव्यक्तिले अनलाइन मिडियाको स्वच्छतामाथी प्रहार 

काठमाडौं, चैत ४ : सभामुख देवराज घिमिरेले ‘पत्रकारहरु बिक्रीमा रहेको‘ भनी दिएको अभिव्यक्तिप्रति अनलाइन पत्रकार संघले आपत्ति जनाएको छ । 

संघका तर्फबाट सचिव गोविन्द मरासिनीले शुक्रबार साँझ एक विज्ञप्ति जारी गरी राज्यको नीति निर्माण गर्ने निकायको प्रमुख पदमा बसेका सभामुखबाट सार्वजनिक रूपमै प्रेसविरोधी अभिव्यक्ति आउनु अनलाइन मिडियाको स्वच्छतामाथी समेत प्रहार भएको उल्लेख गरेका छन् । 

Hardik ivf

यस्तै संघले अभिव्यक्तिप्रति क्षमायाचना गर्न माग गर्दै जस्तोसुकै संघर्ष गर्न पनि बाध्य हुने चेतावनी समेत दिएको छ । यस्ता अभिव्यक्तिले प्रेस कानुन र अझ अनलाइन पत्रकारिता सम्बन्धी कानुन निर्माण गर्दा स्वेच्छाचारी ढंगले हुने त होइन भन्ने प्रश्न समेत खडा भएको आशंका समेत बिज्ञप्तिमा व्यक्त गरिएको छ । 

विज्ञप्तिमा भनिएको छ, ‘प्रेस स्वतन्त्रता र विश्वसनीयता विरुद्ध दिएको अभिव्यक्तिप्रति सभामुखले क्षमायाचना गर्दै संसदबाट प्रेसमैत्री कानुन निर्माणमा सहजीकरण गर्नका लागि संघ जोडदार माग गर्दछ । अन्यथा, संघ जस्तोसुकै संघर्ष गर्न पनि बाध्य हुनेछ । तसर्थ, आगामी दिनमा राज्यले नै चौथो अंग पत्रकारितामाथि सार्वजनिक अभिव्यक्ति दिँदा समग्र पत्रकारिताको स्वच्छतामाथि ख्याल गर्न सम्बन्धित सबैप्रति अनुरोध समेत गर्दछ ।’

press release OJA__By Govinda Marasini1679109664.jpg

प्रकाशित मिति: ०९:०३ बजे, शनिबार, चैत ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्