Kathmandu Press

जीर्णोद्धारपछि चिटिक्क कालिका मन्दिर 

मुख्य मन्दिरलाई पुरानै शैलीमा आकर्षक ढङ्गबाट निर्माण गरिएको गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिनुभयो। मन्दिर परिसरका अन्य संरचना आधुनिक ढङ्गबाट निर्माण गरिएको छ। मन्दिरमा सत्तल, हवन कुण्डलगायतका संरचना निर्माणाधीन अवस्थामा छन्। 
जीर्णोद्धारपछि चिटिक्क कालिका मन्दिर 

बलेवा, चैत ३ : भूकम्पले क्षतिग्रस्त भएको प्रसिद्ध कालिका भगवती मन्दिरको जीर्णोद्धार गरिएको छ। मन्दिरको  कलात्मक ढङ्गले भक्तपुरको इँटा प्रयोग गरी जीर्णोद्धार गरिएको हो। मन्दिरको छानो ताम्रपत्रले छाइएको छ। भक्तपुरे साना इँटाको प्रयोगले मन्दिरलाई थप आकर्षक बनाएको हो। 

मुख्य मन्दिरलाई पुरानै शैलीमा आकर्षक ढङ्गबाट निर्माण गरिएको गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिनुभयो। मन्दिर परिसरका अन्य संरचना आधुनिक ढङ्गबाट निर्माण गरिएको छ। मन्दिरमा सत्तल, हवन कुण्डलगायत संरचना निर्माणाधीन अवस्थामा छन्। 

Hardik ivf

गुठी व्यस्थापन समितिको पञ्चवर्षीय रणनीतिक सुधार कार्यक्रमअनुसार मन्दिरको स्वरुप कलात्मक ढङ्गबाट निर्माण गरिएको हो। थप संरचना पुरातात्विक शैलीमा निर्माण गरिने अध्यक्ष खड्काको भनाइ छ। 

भूकम्पपछि पुरानो संरचना जोखिमपूर्ण तथा विगतको चुहिने ताम्रपत्र पनि जीर्णोद्धार गरिएको हो। जीर्णोद्धार गर्न करिब रु २६ लाख खर्च भएको छ। निर्माणाधीन सत्तल सम्पन्न गर्न रु ७० लाख र हवकुण्ड निर्माणमा रु १३ लाख खर्च हुनेछ। 

जीर्णोद्धार तथा थप संरचना निर्माणका लागि गुठी व्यवस्थापन समितिले स्थानीय तह, प्रदेश तथा सङ्घीय सरकारसँग रकम माग गरे पनि प्राप्त नभएको अध्यक्ष खड्काले बताउनुभयो। हाल मन्दिरमा सङ्कलित भेटीबाट नै निर्माणको काम अघि बढेको छ। 

तत्कालीन पर्वतका राजा प्रतापीनारायण मल्लले १५९० सालमा राज्यारोहण गरेकी हुन्। उनको विवाह १५९१ मा पाल्पाका राजा मणिमुकुन्द सेनकी छोरीसँग भयो। विवाह हुँदा छोरीले माझकी देवीलाई पनि दाइजोका रुपमा बुवासँग मागेर आफूसँगै ल्याए। 

पाल्पाबाट पर्वत ल्याउने क्रममा देवीको डोली हाल कालिका मन्दिर भएको ठाउँ बागलुङ नगरपालिका–१ मा बिसाएर उठाउँदा नउठेपछि राजदम्पतीले यस ठाउँमा मन्दिरको स्थापना गरी पूजापाठ गर्ने व्यवस्था मिलाएको किंवदन्ती छ। मन्दिरमा वर्षको दुईपटक बडादसैं र चैतेदसैंमा विशेष पूजा हुन्छ। 

 

प्रकाशित मिति: १५:३६ बजे, शुक्रबार, चैत ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्