Kathmandu Press

गुह्येश्वरी क्षेत्र व्यवस्थित गर्न छुट्टै कार्यालय

कोषको स्थापनादेखि नै गुह्येश्वरी मन्दिर क्षेत्र पनि पशुपतिको चार किल्लाभित्र पर्ने ऐनमा व्यवस्था गरिएको छ।
गुह्येश्वरी क्षेत्र व्यवस्थित गर्न छुट्टै कार्यालय
Hardik ivf

चितवन, काठमाडाैं ३ : पशुपति क्षेत्र विकास कोषले गुह्येश्वरीमा छुट्टै कार्यालय स्थापना गरेर त्यस क्षेत्रलाई अझै व्यवस्थित गर्ने भएको छ। कोषको स्थापनादेखि नै गुह्येश्वरी मन्दिर क्षेत्र पनि पशुपतिको चार किल्लाभित्र पर्ने ऐनमा व्यवस्था गरिएको छ।

मन्दिर क्षेत्रलाई थप व्यवस्थित गर्न गुह्येश्वरीमा छुट्टै कार्यालय खोलिएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले राससलाई जानकारी दिए। विश्व सम्पदा सूचीमा सूचीकृत यस क्षेत्रलाई थप व्यवस्थित गर्न सकिए यहाँ आन्तरिक र बाह्य पर्यटकको भ्रमण बढाउन सकिने विश्वास लिएको कोषले जनाएको छ।
 
कोषले विसं २०६८ मा पशुपतिनाथ मन्दिरको भेटीघाटी पारदर्शी गर्न नियमावली जारी गरेको थियो। नियमावलीअनुसार पशुपति क्षेत्रको मुख्य मन्दिरका रुपमा रहेको पशुपतिनाथको भेटीघाटी पारदर्शी भए पनि गुह्येश्वरी, विश्वरुप, चन्द्रविनायकलगायत महत्वपूर्ण मन्दिरको भेटीघाटी व्यवस्थित गर्न अझै नियमावली बन्न सकेको छैन। 
 
गुह्येश्वरीमा छुट्टै कार्यालय खुलेपछि नियमावली बनाएर यहाँको भेटीघाटी पनि पारदर्शी गर्ने कामलाई प्राथमिकतामा राखिने उनले सुनाए। यसैगरी चन्द्रविनायक मन्दिर क्षेत्रलाई पनि व्यवस्थित गर्न छुट्टै कार्यालयको स्थापना गरिनुपर्ने चाबहिलका स्थानीयवासी भरत पौडेलले माग गरे। 

चन्द्रविनायक मन्दिर क्षेत्रमा रहेको जग्गामा बनेको भवन र सार्वजनिक जग्गालाई व्यवस्थित गर्न पनि यहाँ छुट्टै कार्यालय स्थापना गरिनुपर्ने उनको भनाइ छ। चन्द्रविनायक काठमाडौँ उपत्यकाका चार विनायकमध्ये एक हो। यहाँ प्रत्येक हप्ताको मङ्गलबार हजारौँ भक्तजनको भीड लाग्ने गरेको छ।

प्रकाशित मिति: १२:४४ बजे, शुक्रबार, चैत ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्