Kathmandu Press

एमाले निकट विद्युत प्राधिकरण कर्मचारीको ११ औ महाधिवेशन आजबाट 

महाधिवेशनमार्फत १७ पदाधिकारीसहित १२१ जनाको केन्द्रीय कार्यसमिति चयन हुनेछ । हाल युनियनको नेतृत्व रामकुमार थेवेले गर्दै आइरहेका छन ।
एमाले निकट विद्युत प्राधिकरण कर्मचारीको ११ औ महाधिवेशन आजबाट 

काठमाडौं, चैत ३ : नेपाल विद्युत प्राधिकरणमा कृयाशिल एमाले निकट नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनको ११ औ महाधिवेशन आजबाट काठमाडौमा सुरु हुँदै छ ।

महाधिवेशनमार्फत १७ पदाधिकारीसहित १२१ जनाको केन्द्रीय कार्यसमिति चयन हुनेछ । हाल युनियनको नेतृत्व रामकुमार थेवेले गर्दै आइरहेका छन ।

Hardik ivf

दुई दिन चल्ने महाधिवेशनमा देशभरबाट प्रतिनिधि र पर्यवेक्षक गरी ५३५ जना सहभागी हुदैछन ।  ११औं महाधिवेशनको उद्घाटन पुर्व प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ ।

महाधिवेशनको सम्पुर्ण तयारी पूरा भएको तथा युनियनको कार्यसमिति निर्बिरोध चयन गरिने युनियनका सचिवालय सदस्य तथा प्रचार बिभाग प्रमुख कपिल गौतमले जानकारी दिए। 

गौतम महाधिवेशनमा महासचिवको दावेदार समेत हुन । उनी २०७० सालदेखि निरन्तर रूपमा युनियन सचिवको जिम्मेवारीमा छन ।

प्रकाशित मिति: ०८:४८ बजे, शुक्रबार, चैत ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्