आज दिउँसो काठमाडौंमा पानी पर्ने सम्भावना
अहिले बर्दिया, गोरखा, नुवाकोट, मकवानपुरलगायत स्थानमा वर्षा भइरहेको छ। महाशाखाका अनुसार आज दिनभरि नै मौसममा बदली हुनेछ।
काठमाडौं, चैत ३ : हाल देशका केही स्थानमा वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकका केही स्थानमा हल्का वर्षा भइरहेको हो।
अहिले बर्दिया, गोरखा, नुवाकोट, मकवानपुरलगायत स्थानमा वर्षा भइरहेको छ। महाशाखाका अनुसार आज दिनभरि नै मौसममा बदली हुनेछ।
आज काठमाडौंमा दिउँसो १, २ बजेपछि हल्का वर्षाको सम्भावना छ। तर, लामो समयसम्म र ठूलो पानी नपर्ने विभागले जनाएको छ ।
आज तराईका केही जिल्लामा हावाहुरीको पनि सम्भावना रहेको उनले बताइन्। उनले आज सामान्य अवस्थामा भन्दा केही बढी हावाहुरी चले पनि ठूलै असर भने नगर्ने विभागले बताएको छ ।
महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव छ।
देशको पहाडी भूभागका केही स्थानहरू तथा तराई भूभागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग तथा हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
भोलि शनिबार देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशको पहाडी भूभागका केही स्थानहरू तथा तराई भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।












