Kathmandu Press

‘स्वास्थ्य क्षेत्रलाई प्राथमिकताका साथ हेर्नुपर्छ’

राष्ट्रिय सरोकार तथा समन्वय समितिद्वारा आज आयोजित ‘स्वास्थ्य क्षेत्रको समग्र सुधार’सम्बन्धी छलफल कार्यक्रममा सचिव पोख्ररेलले स्वास्थ्य क्षेत्रमा जनशक्ति व्यवस्थापन गर्न प्रमुख कठिनाइ रहेकाले सेवासुविधामा वृद्धि गरी दुर्गम क्षेत्रमा जनशक्तिलाई टिकाउन स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्न जरुरी रहेको बताए। 
‘स्वास्थ्य क्षेत्रलाई प्राथमिकताका साथ हेर्नुपर्छ’

काठमाडौं, चैत २ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोख्ररेलले स्वास्थ्य क्षेत्रलाई प्राथमिकताका साथ हेर्नुपर्ने बताएका छन्। 

राष्ट्रिय सरोकार तथा समन्वय समितिद्वारा आज आयोजित ‘स्वास्थ्य क्षेत्रको समग्र सुधार’सम्बन्धी छलफल कार्यक्रममा सचिव पोख्ररेलले स्वास्थ्य क्षेत्रमा जनशक्ति व्यवस्थापन गर्न प्रमुख कठिनाइ रहेकाले सेवासुविधामा वृद्धि गरी दुर्गम क्षेत्रमा जनशक्तिलाई टिकाउन स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्न जरुरी रहेको बताए। 

'जनशक्ति व्यवस्थापन हुन नसक्नु प्रमुख समस्या हो। सबै कर्मचारी केन्द्रित हुन चाहन्छन्। दुर्गम क्षेत्रमा कर्मचारी जान नमान्दा स्वास्थ्य सेवा प्रवाहमा समस्या देखा परेको छ,' सचिव पोख्ररेलले भने।ने। 

Hardik ivf

स्वास्थ्य क्षेत्रका जनशक्ति चौबिसैँ घण्टा तयार रहनुपर्ने भएकाले  स्वास्थ्य क्षेत्रको समग्र सुधारका लागि दुर्गम क्षेत्रमा कर्मचारीको आकर्षण बढाउन पारिश्रमिकलगायत अन्य सुविधालाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ थियो।

कार्यक्रममा समितिका सभापति दिलकुमारी रावल थापाले समग्र स्वास्थ्य क्षेत्रको सुधार गर्दै सुदृढ बनाउनका लागि तीनै तहबीच नीतिगत, कानुनी व्यवस्थामा स्पष्ट हुनुपर्ने बताउनुभयो। उहाँले कानुन निर्माणमा तीनै तहबीच सहकार्य आवश्यक रहेको उल्लेख गरे। 

नागरिकलाई स्वास्थ्य सेवामा सहज पहुँच वृद्धि गर्न र विद्यमान स्वास्थ्य प्रणालीको सुधारका लागि मन्त्रालयले तहगतरूपमा समन्वय गरी अघि बढ्न आवश्यक रहेको सभापति थापाले जनाउनुभयो। उहाँले कोभिड सङ्क्रमणकालमा मन्त्रालयले गरेको जनचेतना कार्यक्रम प्रभावकारी भएकाले स्वास्थ्य क्षेत्रमा यस्ता कार्यक्रम आवश्यक रहेको औँल्याए।

मन्त्रालयका सचिव देवकुमारी गुरागाइले स्वास्थ्य क्षेत्रमा सुधारका लागि तीन तहको समन्वयमा कार्ययोजना तयार गरेको बताउँदै विगतको तुलनामा हाल स्वास्थ्य क्षेत्रमा सुधार हुँदै गएको जानकारी दिए।

कार्यक्रममा निःशुल्क प्राप्त गर्ने औषधिमा अनुगमन गर्न, सबै सरकारी अस्पतालबाट बीमा सेवा प्राप्त गर्न, सबैको स्वास्थ्य क्षेत्रमा पहुँच पुर्‍याउन, सरकारी अस्पताललाई सुदृढ बनाउन, म्याद नाघेका औषधि बिक्री वितरणमा रोक लगाउने गरी नियमन गर्नेलगायत विषयमा छलफल भएको थियो। 

त्यस्तै आवश्यकता अनुसार कर्मचारी व्यवस्थापन गर्न नीतिगत रुपमा प्रष्ट व्यवस्था गर्न, स्वास्थ्यमा हानीकारक वस्तुबाट उठेको राजस्व स्वास्थ्य क्षेत्रमा नै लगानी गर्नुपर्ने, अस्पतालमा आवश्यक उपकरण उपलब्ध गराउनुपर्ने, जारी गरेको निर्देशन कार्यान्वयनमा अनुगमन गर्नुपर्नेलगायतका विषयमाथि छलफल भएको थियो। 

कार्यक्रममा, सभापति थापाले कोभिड सङ्क्रमणकालमा समितिले दिएका निर्देशन मन्त्रालयले प्रभावकारी ढङ्गले कार्यान्वयन गरेको बताउँदै आज छलफलमा उठेका विषयमाथि विश्लेषण गरी आवश्यक निर्देशन दिने जानकारी दिए। 

प्रकाशित मिति: १६:३७ बजे, बिहीबार, चैत २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्