Kathmandu Press

हिन्दु विश्वविद्यालय स्थापनाकाे सम्भाव्यता अध्ययनका लागि समिति गठन

हिन्दु विश्वविद्यालय स्थापना अध्ययनका लागि समिति गठन गर्ने मन्त्रीपरिषद्को निर्णयानुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पाच सदस्यीय सम्भाव्यता अध्ययन सहित अवधारणापत्र तयारी समिति गठन गरेका हुन्।
हिन्दु विश्वविद्यालय स्थापनाकाे सम्भाव्यता अध्ययनका लागि समिति गठन

काठमाडौं, चैत २ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हिन्दु विश्वविद्यालय स्थापना गर्न सम्भाव्यता अध्ययन सहित अवधारणा पत्र तयारी समिति गठन गरेको छ।

हिन्दु विश्वविद्यालय स्थापना अध्ययनका लागि समिति गठन गर्ने मन्त्रीपरिषद्को निर्णयानुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पाच सदस्यीय सम्भाव्यता अध्ययन सहित अवधारणापत्र तयारी समिति गठन गरेका हुन्।

Hardik ivf

डा. जगमान गुरुङको संयोजकत्वमा गठित समितिको सदस्यमा प्राडा रामचन्द्र गौतम, प्रा चेतोनाथ गौतम र कमल ढकाल सदस्य रहेका छन् भने सदस्यसचिवमा पशुपति क्षेत्र बिकास कोषका कार्यकारी निर्देशक घनाश्याम खतिवडा रहेका छन्।

समितिलाई आगामी मंसिरभित्र प्रतिवेदन पेश गर्न भनिएको छ। मन्त्री किराँतीले आफुले सिफारिस गरेको व्यक्तिहरुले आफुहरुसंग भएको ज्ञानको प्रयोग गरेर हिन्दु विश्वविद्यालय स्थापनाका लागी आवश्यक अवधारणा सहित सम्भाव्यता अध्ययन गर्ने विश्वास व्यक्त गरे।

त्यस्तै समितिका संयोजक गुरुङले २०८० मंसिरभित्रै प्रतिवेदन बुझाउने र २०८१ बैंशाखभित्रै हिन्दु विश्वविद्यालय स्थापना घोषणा गर्नुपर्ने बताए। हिन्दु विश्वविद्यालयभन्दा पनि श्री पशुपति हिन्दु विश्वविद्यालय नै नामाङ्करण गर्न उचित हुने उहाको भनाइ छ।

उनले हिन्दु विश्वविद्यालयको औचित्व पुष्टि हुने गरि काम गर्ने दाबी गरे। सरकारले काभ्रेको भकुण्डेबेंसीमा हिन्दु विश्वविद्यालय स्थापना गर्ने तयारी थालेको हो। 

प्रकाशित मिति: १६:०३ बजे, बिहीबार, चैत २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्