Kathmandu Press

वाग्मती प्रदेशका मुख्यमन्त्री जम्मकट्टेलले चैत ८ मा विश्वासका मत लिने

उक्त प्रयोजनका लागि प्रदेशसभा सचिवालयले उक्त दिन दिउँसो ३ बजेका लागि बैठक बोलाएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए।
वाग्मती प्रदेशका मुख्यमन्त्री जम्मकट्टेलले चैत ८ मा विश्वासका मत लिने
Hardik ivfHardik ivf

हेटाैंडा, चैत २ : वाग्मती प्रदेश सरकार मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले यही चैत ८ मा विश्वासको मत लिने भएका छन्। 

उक्त प्रयोजनका लागि प्रदेशसभा सचिवालयले उक्त दिन दिउँसो ३ बजेका लागि बैठक बोलाएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए।

केही हप्ताअघि राप्रपाले सरकारमा सहभागी आफ्ना तीन जना मन्त्रीलाई फिर्ता बोलाउने र सरकारलाई दिएको समर्थन लिने निर्णय गरेको थियो। त्यसपछि वर्तमान सरकार अल्पमतमा परेको थियो। 

गत पुस २६ मा वाग्मती मन्त्रिपरिषद् गठन हुँदा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाको संयुक्त गठबन्धन बनेको थियो। वाग्मती प्रदलेश सरकारको वर्तमान मन्त्रिपरिषद्मा माओवादी केन्द्र र एमालेका मात्रै मन्त्री छन्। 

प्रकाशित मिति: १२:५० बजे, बिहीबार, चैत २, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्