सुनिल थापालाई अन्तिम श्रद्धाञ्जली [तस्बिरहरु]
जहाँ नीर शाह, शम्भुजीत बासकोटादेखि कांग्रेस उपसभापति विश्वप्रकाश शर्मासहित थुप्रै फिल्मकर्मी, संगीतकर्मी र शुभेच्छुकले थापाको शवमा पुष्पगुच्छा चढाउँदै श्रद्धाभाव व्यक्त गरे।![सुनिल थापालाई अन्तिम श्रद्धाञ्जली [तस्बिरहरु]](https://kathmandupress.com/uploads/posts/Untitled-1-1770543019.jpg)
काठमाडौं, माघ २५ : अभिनेता सुनिल थापालाई कलाकर्मीले अन्तिम श्रद्धाञ्जली दिएका छन्। चलचित्र विकास बोर्डमा कलाकाहरूले अभिनेता थापालाई अन्तिम श्रद्धाञ्जली दिएका हुन्।
जहाँ नीर शाह, शम्भुजीत बासकोटादेखि कांग्रेस उपसभापति विश्वप्रकाश शर्मासहित थुप्रै फिल्मकर्मी, संगीतकर्मी र शुभेच्छुकले थापाको शवमा पुष्पगुच्छा चढाउँदै श्रद्धाभाव व्यक्त गरे।
सो अवसरमा बाजा र सलामीसहित थापालाई बोर्डले सम्मान गरेको थियो । अहिले थापाको शवलाई अन्त्येष्टिको लागि शवयात्रासहित पशुपति आर्यघाटतिर लगिँदैछ।
त्यसअघि शवलाई नर्भिक अस्पतालबाट बोर्ड लगिएको थियो। मुम्बईमा रहेका थापाका परिवार नेपाल आएपछि अन्त्येष्टि गर्न लागिएको हो। हृदयघातको कारण शनिबार बिहान थापाको ६८ वर्षको उमेरमा निधन भएको थियो।






















प्रकाशित मिति: १५:१५ बजे, आइतबार, माघ २५, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![सुनिल थापालाई अन्तिम श्रद्धाञ्जली [तस्बिरहरु]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1770543019.jpg)


