Kathmandu Press

प्रधानमन्त्रीले दिइन् नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई शुभकामना

प्रधानमन्त्रीले आज वानखेडे स्टेडियममा नेपालको राष्ट्रिय धुन गुन्जिने र त्यो स्वर विश्वभर फैलिने उल्लेख गर्दै कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको टोलीले नेपालको आत्मविश्वास, एकता र सामूहिकताको उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरेकी हुन्।
प्रधानमन्त्रीले दिइन् नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई शुभकामना

काठमाडौं, माघ २४ : नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज मुम्बईको वानखेडे स्टेडियममा आईसीसी टी–२० विश्वकप अन्तर्गत महत्वपूर्ण खेल खेल्दैछ । उक्त अवसरमा प्रधानमन्त्री शुसीला कार्कीले राष्ट्रिय टोलीलाई शुभकामना व्यक्त गरेकी छन्।

प्रधानमन्त्रीले आज वानखेडे स्टेडियममा नेपालको राष्ट्रिय धुन गुन्जिने र त्यो स्वर विश्वभर फैलिने उल्लेख गर्दै कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको टोलीले नेपालको आत्मविश्वास, एकता र सामूहिकताको उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरेकी हुन्।

Hardik ivf

तेस्रोपटक आईसीसी टी–२० विश्वकपमा सहभागिता जनाइरहेको नेपालले यसअघि देखाएका ऐतिहासिक प्रदर्शन र सफलताले टोलीको मनोबल उच्च रहेको प्रधानमन्त्रीको भनाइ छ। साथै, विश्वभर फैलिएका नेपाली प्रशंसकहरूको साथ टोलीका लागि ठूलो प्रेरणा भएको उल्लेख गरेकी छन्।

आज इंग्ल्यान्डसँग हुन गइरहेको ऐतिहासिक खेलअघि प्रधानमन्त्रीले सम्पूर्ण राष्ट्रको तर्फबाट नेपाली टोलीलाई हार्दिक शुभकामना व्यक्त गर्दै विजयको कामना गरेकी छन्।

प्रकाशित मिति: ११:४४ बजे, आइतबार, माघ २५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्