Kathmandu Press

नेपाली कांग्रेसको मधेश सभा फागुन ६ गते, गगन थापाले सम्बोधन गर्ने

शनिबार बसेको मधेस प्रदेश कार्यसम्पादन समितिको बैठकले फागुन ६ गते जनकपुरधाममा मधेस सभाको आयोजना गर्ने निर्णय गरेको छ। बैठकले फागुन ६ गते जनकपुरधामस्थित तिरहुतीया गाछीमा मधेस सभा आयोजना गर्ने निर्णय गरेको हो।
नेपाली कांग्रेसको मधेश सभा फागुन ६ गते, गगन थापाले सम्बोधन गर्ने

जनकपुर, माघ २५ : नेपाली कांग्रेसको मधेश सभा फागुन ६ गते हुने भएको छ । यसअघि उक्त सभा ७ गते हुने भनिएकोमा १ दिन पहिला सारिएको हो।

शनिबार बसेको मधेस प्रदेश कार्यसम्पादन समितिको बैठकले फागुन ६ गते जनकपुरधाममा मधेस सभाको आयोजना गर्ने निर्णय गरेको छ। बैठकले फागुन ६ गते जनकपुरधामस्थित तिरहुतीया गाछीमा मधेस सभा आयोजना गर्ने निर्णय गरेको हो।

Hardik ivf

बैठकले सभाको प्रचार–प्रसारको जिम्मेवारी नितेशकुमार गुप्तालाई तथा मञ्च व्यवस्थापनको जिम्मेवारी योगेन्द्र पञ्जियारलाई प्रदान गर्ने निर्णय गरेको छ। बैठकमा मधेस सभाको तयारी, व्यवस्थापन तथा सङ्गठनात्मक विषयमा व्यापक छलफल गर्दै सभालाई प्रभावकारी र सफल बनाउन मधेस प्रदेशका ३२ वटै निर्वाचन क्षेत्रबाट सहभागीहरू बोलाउने निर्णय गरिएको छ।

उक्त सभामा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् भने केन्द्रका पदाधिकारीहरूको समेत उपस्थिति रहने नेपाली कांग्रेस मधेस प्रदेश प्रचार प्रसार विभाग प्रमुख गुप्ताले जानकारी दिएका छन्।

प्रकाशित मिति: १२:०६ बजे, आइतबार, माघ २५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्