Kathmandu Press

डिडिसीले बढायो दूधको मूल्य

डिडिसीले बढायो दूधको मूल्य

काठमाडौं, चैत २ : सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डिडिसी) लैनचौरले दूधको मूल्य बढाएको छ । संस्थानले आजदेखि लागू हुने गरी नयाँ मूल्य ‘प्रिन्ट’ भएको ‘प्याकेट’ दूध बजारमा पठाएको हो।

संस्थानका निमित्त उपमहाप्रबन्धक एवं सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीले आजदेखि लागू हुने गरी देशभर दूधको मूल्य बढाएको जानकारी दिए।
          
यही फागुन १९ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयअनुसार कृषकबाट उत्पादित चार युनिट घृतांश र आठ युनिट घृतांशरहित दुग्ध ठोस पदार्थ भएको कच्चा दूधको प्रतिलिटरको कृषक खरिद मूल्य प्रतिलिटर खरिद मूल्य न्यूनतम ६५ कायम गरिएको उनले बताए। 

मन्त्रिपरिगाद्को निर्णयअनुसार किसानलाई बढेको मूल्य दिइसकेको र उपभोक्ताले नयाँ मूल्य तिर्नुपर्ने डिडिसीले जनाएको छ । निलो प्याकेटको मूल्य प्रतिलिटर ११ रुपैयाँ बढेको छ। 

यसअघि प्रतिलिटर ८६ रुपैयाँ रहेको निलो प्याकेटको मूल्य आजदेखि काठमाडौँ, विराटनगर, जनकपुर र हेटौँडामा ९७ रुपैयाँ पर्नेछ । त्यस्तै बुटबलमा ९४ तथा नेपालगञ्ज र धनगढीमा ९२ रुपैयाँ कायम भएको  संस्थानले जनाएको छ । 

प्रकाशित मिति: १२:३६ बजे, बिहीबार, चैत २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्